गोरखामा विप्लव समूहका जिल्ला जनपरिषद प्रमुखसहित दुई पक्राउ
गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
गण्डकी गाउँपालिका–८ घ्याल्चोक घर भएका रिजाललाई सोही ठाउँबाट सोमबार नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी भोला रावलले बताए । ६५ वर्षीय रिजाल जिल्लामा केही समयअघि एनसेल टावरमा भएको आगजनीको घटनामा संलग्न भएको आशंका गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको रावलले जानकारी दिए ।
यस्तै विप्लव नेतृत्वको नेकपा सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे ‘अटल’लाई पनि प्रहरीले पक्राउ गरेको छ । घादिङ कार्यक्षेत्र बताउने उनलाई गोरखाको भीमसेन थापा गाउँपालिका अश्राङस्थित घरबाट पक्राउ गरिएको एसपी रावलले बताए । पाण्डेविरुद्ध धादिङमा मुद्दा दर्ता भएकाले जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको उनले जानकारी दिए ।