नेकपा नवलपरासीमा समानन्तर कमिटीको चेतावनी

नेकपा नवलपरासीमा समानन्तर कमिटीको चेतावनी

परासी : नेपाल कम्युनिस्ट पार्टी नेकपाले ७७ वटै जिल्ला नेतृत्वको नाम सोमबार टुंगो लगाएपछि पश्चिम र पूर्वी नवलपरासीका जिल्ला नेता र कार्यकर्तामा तिव्र असन्तुष्टि देखिएको छ ।

पश्चिम नवलपरासीका केही नेता र कार्यकर्ताहरुले जिल्ला तहमा समानन्तर कमिटी गठन गर्ने चेतावनी समेत दिएका छन् । पार्टीमा लामो समयदेखि काम गरेका र योगदान गरेकालाई बेवास्ता गर्दै नेतृत्वको जिम्मेवारी दिएको भन्दै दुबै जिल्लाका केही नेता र कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै समान्तर कमिटी गठनको चेतावनी दिन थालेका हुन् ।

कार्य मूल्यांकन बिना जिम्मेवारी दिएकोले त्यसको प्रत्यक्ष असर संगठनमा देखिने उनीहरुको भनाइ छ । दुबै जिल्लाका केही नेताहरु आफैँ जिल्ला अध्यक्ष र सचिव हुने दौडमा थिए । तर अर्कैलाई जिम्मेवारी दिएपछि नेता र उनका समर्थक कार्यकर्तामा असन्तुष्टि बढेको हो । असन्तुष्ट नेताहरु प्रभावशाली छन् ।

जिल्ला स्तरका तत्कालिन एमाले र माओवादी केन्द्रका नेताहरुले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘ भागबण्डामा तत्कालिन जुन पार्टीको परे पनि अधिकांश कार्यकर्ताको भावना अनुसारको हुनुपथ्र्यो, त्यो भएन । विधिका नाउँमा पार्टीमा लामो समयदेखि योगदान गरेका कार्यकर्ताहरुलाई लत्याउनु संगठनका लागि घाटा हो ।’

पश्चिम नवलपरासीमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष घनश्याम यादव सर्वसम्मत अध्यक्ष हुनेमा अधिकांश नेकपाका कार्यकर्ताहरु विश्वस्त थिए । यादवलाई अध्यक्ष र तत्कालीन एमालेका संगठन विभाग प्रमुख एंव सचिव थानप्रसाद गैरेको नाम जिल्ला सचिवमा सिफारिस गरिएको थियो ।

प्रदेश पार्टी कमिटीले समेत दुवैको नाउँ सर्वसम्मत केन्द्रीय सचिवालयमा पठाएको नेकपा स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले समेत यादव र गैरेको नाम सर्वसम्मत रुपमा सचिवालयमा पठाएका थिए ।

आइतबार साँझको बैठकले एकाएक नाम परिवर्तन गरेपछि जिल्लामा असन्तुष्टि बढेको एक नेताले भने । प्रदेश कमिटीले समेत सर्वसम्मत गरेर पठाएको नाममा परिवर्तन गरेर अर्कै साथीलाई जिम्मेवारी दिएको भन्दै तत्कालीन एमाले जिल्ला नेता थानप्रसाद गैरेले आश्चर्य व्यक्त गरे । अधिकांश कार्यकर्ताहरु प्रदेश कमिटीले सिफारिस गरेका नेताहरु हुनेमा विश्वस्त थिए तर अर्कै साथीको नाम आएपछि आश्चर्य मानेको गैरेले बताए । उनले पार्टीका केही साथीमा असन्तुष्टि बढे पनि त्यसले संगठनमा कुनै असर नपर्ने दाबी गरे ।

नेकपाका एक जिल्ला नेताका अनुसार असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पश्चिम नवलपरासीमा समानन्तर जिल्ला कमिटी बनाउने चेतावनी पार्टी केन्द्रीय नेताहरुलाई  दिन थालेका छन् ।

पश्चिम नवलपरासीमा अध्यक्षको जिम्मेवारी तत्कालिन माओवादी केन्द्रका भविश्वर तिवारी ‘आजाद’ लाई दिइएको छ । तिवारी तत्कालिन माओवादीको जिल्ला इन्चार्ज थिए । सचिवको जिम्मेवारी तत्कालीन एमालेका जिल्ला सचिव तुलसी पासीलाई दिइएको छ ।

यस्तै पूर्वी नवलपरासीमा पनि नेतृत्वप्रति नेता र कार्याकर्ताहरु असन्तुष्ट देखिएका छन् । पूर्वी नवलपरासीमा तत्कालिन एमालेले अध्यक्ष पाएको छ । एमालेकै नेताहरु अध्यक्षको जिम्मेवारीमा असन्तुष्ट देखिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.