श्रीलंकामा संकटकाल : इस्लामिक समूहप्रति आशंका

श्रीलंकामा संकटकाल : इस्लामिक समूहप्रति आशंका

कोलम्बो : श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा सयौँको मृत्यु भएपछि संकटकालको घोषणा गरिएको छ ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयले सोमवार रातिदेखि लागू हुनेगरी संकटकाल लागू हुने घोषणा गरेको हो । श्रीलंकामा आइतवार भएका विस्फोटनका घटनामा झण्डै २९० जनाको मृत्यु भएपछि स्थिति नियन्त्रणमा लिन संकटकालको घोषणा गरिएको हो । राष्ट्रपति कार्यालयले नागरिकको सुरक्षा सुनिश्चितताका लागि संकटकाल घोषणा गर्नुपरेको उल्लेख छ । राष्ट्रपति सिरिसेनाले मंगलवार राष्ट्रिय शोक मनाउने घोषणा पनि गरेका छन् । बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा विस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

राजधानी कोलम्बोमा रहेका तीनवटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा शृंखलाबद्ध विस्फोट भएका थिए । आक्रमणबाट पाँच सयभन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ । श्रीलंकाली सुरक्षानिकायले घटनाका दोषीको खोजी गर्न व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशंकामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २४ जनालाई पक्राउ गरेको छ । शोकमा डुबेको श्रीलंकामा एक दशकपछि भएको यस्तो शक्तिशाली विस्फोटमा संलग्न रहेकाहरूको बारेमा जानकारी सार्वजनिक गरेको छैन । कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन् ।

स्वास्थ्यमन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह राष्ट्रिय तौहिद जमात यस विस्फोटनमा जिम्मेवार रहेको बताएका छन् । उनले घटनाबारे अनुसन्धान भइरहेको र अन्तर्राष्ट्रिय समूहको पनि संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरे ।

घटनामा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक पनि रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । कोलम्बोस्थित सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा विस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटल सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । सुरक्षाकर्मीहरूले राजधानीस्थित बसपार्कबाट सोमबार साना ठूला गरी ८७ ओटा विस्फोटक पदार्थ फेला परेको जनाएका छन् ।

श्रीलंकाली प्रधानमन्त्री रण्निल विक्रमासिंघेले आक्रमणको पूर्वसूचना पाएर पनि सुरक्षानिकायले पर्याप्त सतर्कता अपनाउन नसकेकामा सुरक्षानिकायको आलोचना गरेका छन् । यद्यपि उनले अहिले सरकारको पहिलो दायित्व मृतक र घाइतेको उचित व्यवस्थापन तथा शान्ति सुरक्षाको प्रबन्ध रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.