थामियो नेप्से
काठमाडौं : लगातार बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार थामिएको छ। यो वर्षको सुरुवतादेखि बढ्न थालेको नेप्से ७.२६ अंकले घटेर १२५६.९४ मा अडेको हो।
नेप्से परिसूचक घटे पनि अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुनु सकारात्मक भएको जानकारहरू बताउँछन्। अल्पकालीन कारोबारीले नाफा सुरक्षित गर्नतर्फ केन्द्रित हुँदा नेप्से घटेको हो। सोमबार एक सय ६८ कम्पनीका ३२ लाख ५९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। एक अर्ब ४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।
सोमबार कारोबार भएको ११ उपसमूहमध्ये साताको बजार मूल्य घटेको छ। बैंक १३.८९, होटल २४.९७, विकास बैंक १२.९८, जलविद्युत् १.८८, वित्तीय १.५२, अन्य ४.९७, माइक्रोफाइनान्स २०.९८ अंकले घटेको छ। ट्रेडिङ २.७, ननलाइफ इन्स्योरेन्स ६४.८५, उत्पादनमूलक २३.९८ र लाइफ इन्स्योरेन्स १५४.२९ अंकले बढेको छ।
सेयर र रकम कारोबारको आधारमा नेपाल बैंक अग्र स्थानमा छ। बैंकको नौ करोड ३६ लाख रुपैयाँ र तीन लाख कित्ता सेयर खरिदबिक्री भएको छ। एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ। माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ५.२ प्रतिशतले घटेको छ।