किसानको सारथी कोसेली घर

किसानको सारथी कोसेली घर

कुश्मा : स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरण गर्न कोसेली घर सञ्चालन गरिएको छ। मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकद्वारा उत्पादित उपभोग्य वस्तुको एकीकृत रूपमा बजारीकरण गर्न कोसेली घर अर्थात सौगात गृह सञ्चालनमा ल्याइएको हो। मोदी गाउँपालिका–२ पातीचौर बजारमा पसल सञ्चालन गरिएको छ।

उत्पादित वस्तु अल्लो तथा ढाकाको कपडा, जुत्ता, कोट, ज्वारीकोट, साडी, सिस्नो धुलो, लप्सी तथा अदुवाको अचार क्यान्डी, बाँसका मुडालगायत तयारी सामग्री र तरकारी, मह, स्थानीय खसीबोका तथा कुखुरा बिक्री वितरण गरी कृषकलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले पसल सञ्चालन गरिएको हो।

गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र स्थानीय मोदी गाउँपालिकाको सहयोगमा गृह सञ्चालनमा ल्याइएको हो। मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमीको बाहुल्य छ। उनीहरूले व्यावसायिक रूपमा विभिन्न वस्तु उत्पादन गर्दै आएका छन्। अल्लोको प्रसस्त सम्भावना रहेको मोदीमा उत्पादित अल्लोका तयारी वस्तु, ढाका, विभिन्न जडीबुटी, फलफूललगायत सामग्री बिक्री वितरण गर्न सहज होस् भनेर सौगात गृह सञ्चालन गरिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए।

मोदी गाउँपालिकाले उद्यमीको प्रवद्र्धन गर्न अघिल्लो आर्थिक वर्षमा २० लाख र चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। सोही रकमले उद्यमीलाई व्यावसायिक सीप विकासका लागि तालिम, प्रविधि र मेसिन सहयोग गरेपछि घरेलु तथा लघु उद्यममा स्थानीयको आकर्षण बढेको गाउँपालिकाकी लघु उद्यम शाखा संयोजक सीता शर्माले बताइन्। उनका अनुसार अहिले गाउँपालिकाभित्र तीन सयभन्दा बढी उद्यमी छन्।

गाउँपालिकाभित्र उत्पादित वस्तु सौगात गृहमा ल्याएर छाडेपछि उद्यमीले तत्काल ५० प्रतिशत रकम पाउने र बिक्री भइसकेपछि शतप्रतिशत भुक्तानी हुन्छ। मोदी गाउँपालिकाभित्रको उत्पादनलाई पहिलो प्राथमिकता दिने र त्यहाँको उत्पादनले नपुगे अन्य क्षेत्रबाट पनि खरिद गरी बिक्री गरिने सञ्चालक चन्द्र विकले जानकारी दिए।

उक्त सौगात गृहको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आइतबार उद्घाटन गरेका थिए। सो अवसरमा बोल्दै उनले अब निर्वाहमुखी उद्यमलाई व्यावसायिक बनाउने गरी सरकारले बजेट विनियोजन गरेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.