बैतडीमा भाइरलका बिरामी बढे

बैतडीमा भाइरलका बिरामी बढे

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ। जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका हेल्थ असिष्टेन्ट खेमराज भट्टले जानकारी दिए।

मौसमी ज्वरो, रुघाखोकी, झाडापखालालगायतका बिरामीको संख्या बढेको उनले बताए।यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित भएका छन्। उनले भने, 'मौसममा आएको परिवर्तनसँगै अस्पतालमा दैनिक १ सयको हाराहारीमा बिरामी आउने गरेका छन्। पाखला,ज्वरोका बिरामी बढी छन्।'

यस्तै जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले जानकारी दिए।

पहिलाको तुलनामा आजभोली ज्वरो, झाडापाखालालगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको उनले बताए। उनले भने, 'बिरामीको संख्या बढ्दै गएको छ। तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव छ। औषधिको अभाव हुँदा बिरामीलाई सेवा दिन गाह्रो भएको छ।'

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निशुल्क प्रदान गर्ने भनेको भएपनि निशुल्क औषधि अभाव भएको हेल्थ असिष्टेन्ट दयालले बताए।उनले भने, '५८ प्रकारका औषधि कहिले पनि पूर्ति हुन सकेको छैन्। पछिल्लो समयमा मेलौली नगरपालिकाले खरिद गर्ने औषधि समेत खरिद नहुँदा समस्या भएको छ।'

तर मेलौली नगरपालिकाले भने औषधि खरीदका लागि टेण्डर आह्वान गरिसकेको जनाएको छ।स्वास्थ्य संयोजक नारायण चन्दले औषधि खरीदका लागि टेण्डर आह्वान गरिसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.