‘सहस र प्रेरणाकी स्रोत पासाङ ल्हामु’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन्।
मंगलबार पासाङ ल्हामुले सगरमाथा आरोहण गरेको २६ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानम्नत्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले पासाङको आत्मविश्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताए। ‘पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन्’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालीन बनाउनका लागि सरकार सकारात्मक रहेको बताए।
प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुवैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताए। ‘सगरमाथाको बारेमा भएका भ्रमहरु अन्त्य गर्न सरकारको तर्फबाट उचाइ नाप्ने काम हुदैछ’, ओलीले भने, ‘यो काम विवादरहित ढंगले टुंगिन्छ।’