राप्रपा-सरकार वार्ता : निस्कर्ष बिना टुंगियो

राप्रपा-सरकार वार्ता : निस्कर्ष बिना टुंगियो

काठमाडौं : राष्ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा) र सरकारबीचको वार्ता बिना निस्कर्ष टुंगिएको छ। सिंहदरबारस्थित कानून मन्त्रालयमा मंगलबार दिउँसो सुरु भएको औपचारिक वार्ता बिना निस्कर्ष टुंगिएको हो।  

वार्तापछि हिन्दुराज्य र राजतन्त्र पुनःस्थापनको मागलाई सरकारले सम्‍बोधन नगर्ने र राप्रपाका अन्य माग सकारात्मक रहेको कानूनमन्त्री भानुभक्त ढकालले बताए। त्यस्तै राप्रपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका दीपक बोहोराले पहिलो वार्ता उत्साहजनक रहेको बताए।

राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको सन्योजकत्वमा समिति तीन सदस्यीय वार्ता समिति बनाएको थियो। आइतबार सरकारले वार्ताको लागि औपचारिक पत्र पठाएपछि सोमबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यो समिति बनाएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.