ओप्पोको एफ–११ प्रो नेपालमा सार्वजनिक
काठमाडौं : ओप्पोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले राजधानीमा एक समारोह गर्दै आपो एफ–११प्रो सार्वजनिक गरेको हो।
कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्बिर खिच्ने क्षमता भएको उक्च फोनमा अन्य विभिन्न नयाँ प्रविधि राखिएको छ।
एफ–११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्न ४८–एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन समेत राखिएको छ।