बलिउडका भिलेनले भोट मागे कन्हैया कुमारलाई, ‘उनलाई जनताको दर्द थाहा छ’

बलिउडका भिलेनले भोट मागे कन्हैया कुमारलाई, ‘उनलाई जनताको दर्द थाहा छ’

नयाँदिल्ली : भारतको लोकसभा चुनावमा अत्याधिक चर्चामा रहेका उम्मेदवार कन्हैया कुमारको पक्षमा थुप्रै कलाकार र युवाहरु खुलेरै लागेका छन् । थुप्रै सेलिब्रिटी र युवाहरु स्वस्फुर्त रुपमा कन्हैयाको चुनावी क्षेत्र बिहारको बेगुसराय पुगेका छन् ।

यस्तैमा बलिउडमा प्रभावशाली ‘भिलेन’को भुमिकामा अभिनय गर्ने अभिनेता प्रकाश राज पनि बेगुसराय पुगेर कन्हैया कुमारको पक्षमा खुलेर मत मागे । जब कि, प्रकाश राज आफैँ बैंग्लोर केन्द्रका उम्मेद्वार हुन् ।

उनले यस क्रममा आक्रोशित हुँदै बिजेपीको विपक्षमा र कन्हैया कुमारको पक्षमा आफ्नो धारणा राखेका छन् । हालै एबिपी न्युजले प्रकाशसँग लिएको अन्तरवार्ता भाइरल नै बनेको छ । जहाँ उनले कन्हैयाले ढुक्कसाथ जित्ने विश्वास व्यक्त गरे ।

उनले यो चुनावलाई ‘कुपुत्र’ र ‘सुपुत्र’बीच भिडन्तको रुपमा पनि व्याख्या गरे । जहाँ कन्हैयालाई उनले सुपुत्रको रुपमा चित्रित गरेका छन् । तर कुपुत्रको बारेमा नाम भन्न जरुरी नरहेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरेका थिए ।

अहिले जनतालाई वैकल्पिक पात्र चाहिएको भन्दै कन्हैया त्यस्तै वैकल्पिक पात्र भएको उनको तर्क छ । साथै कन्हैयालाई जनताको दर्द र पीडा थाहा भएकाले उनले नै जित्नुपर्ने प्रकाशले बताएका छन् ।

कन्हैयाले जनताका आवस्यकताका कुरा गरिराख्दा मोदीले भने जात र धर्मको कुरा गरिराखेको भन्दै कन्हैयाकै पक्षमा लाग्न सबैलाई उनले आग्रह पनि गरे । ‘उनीहरुलाई सय पटक झुट बोल्न देऊ, हामी हजार पटक सत्य बोल्छौँ,’ उनले भने, ‘मोदीको विपक्षमा बोल्दा देशद्रोही, एन्टि हिन्दु बनिन्छ ? चुनावमा कोही नेता वा पार्टी हार्दैन, जनताले सही व्यक्ति चुने भने जनता जित्छन् । जनताले गलत व्यक्तिलाई चुने भने जनताले नै हार्छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.