श्रीलंका आक्रमण : आईएसले लियो जिम्मेवारी

श्रीलंका आक्रमण : आईएसले लियो जिम्मेवारी

कोलम्बो : श्रीलंकामा आइतवार भएको शृंखलाबद्ध आक्रमणको आतंकवादी गतिविधिमा संलग्न इस्लामिक स्टेट (आईएस)ले मंगलवार जिम्मेवारी लिएको छ। 

आईएसले जिम्मेवारी लिँदै भनेको छ, ‘आईएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनका नागरिक र श्रीलंकामा इसाईविरुद्ध आक्रमण गर्ने व्यक्ति हाम्रा लडाकु हुन्।’ आईएसको समाचार संस्था अमाकमार्फत यसले आक्रमणको जिम्मेवनरी लिएको हो। यसअघि आक्रमणमा स्थानीय इस्लामी आतंकी संगठन नेशनल तौहिद जमात संलग्न भएको आशंका गरिएको थियो। 

आक्रमणमा संलग्न लडाकु अबुल बार्रा, अबुल मुख्तार र अबु उबएदा भएको बताइएको छ। उनीहरू आईएसको कालो रंगको झण्डा अगाडि उभिएका छन्। एक आक्रमणकारीको सीसीटीभी फुटेज पनि भेटिएको छ। उनी पिठ्यूमा झोला लिएर चर्चमा घुसेको देखिन्छ।

क्राइस्टचर्च आक्रमणको बदला

आक्रमण गत महिना न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमाथि भएको आक्रमणको बदला भएको श्रीलंकाका रक्षा राज्यमन्त्रीले बताएका छन्। रक्षा राज्यमन्त्री रुवान विजयवर्धनेले संसद्मा भने, ‘आइतवार भएको आक्रमण क्राइस्टचर्चमा मुस्लिममाथि भएको आक्रमणको बदला लिन गरिएको संसदीय जाँचका क्रममा खुलासा भएको छ।’ 

प्रधानमन्त्री रणिल विक्रमासिंघेले आक्रमणबाट देशमा अस्थिर वातावरण बन्न नहुने बताए। उनले आक्रमणकारीलाई जस्तोसुकै कारबाही गर्न सुरक्षाकर्मीलाई छुट दिइएको उनले स्पष्ट पारे। न्यूजील्यान्डस्थित दुईवटा मस्जिदमा भएको आक्रमणमा ५० जनाको मृत्यु भएको थियो। आक्रमणमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण गर्न मंगलवार आधा झण्डा झुकाइएको छ। आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले ४० जनालाई पक्राउ गरेको छ।

तमिलनाडुमा सुरक्षा कडा

आक्रमणमा भारतीय राज्य तमिलनाडुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। भारत सरकारले भारतीय तटरक्षकलाई निकै सजग बनाइएको छ। तटीय क्षेत्रमा सुरक्षागस्ती बढाइएको छ। तमिलनाडुमा मस्जिद, चर्च र मन्दिरमा सुरक्षा निकै कडा बनाइएको छ। गुप्तचर विभागले केनेथ लेनको महाबोधि सोसाइटीमा थप सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

चेन्नई, त्रिची, कोयम्बटूर र मदुराई विमानस्थलमा सुरक्षा गस्ती बढाइएको छ। करिब ३० प्रतिशत सुरक्षाकर्मी तमिलनाडुमा थप गरिएको भारत सरकारले जानकारी दिएको छ। सुरक्षाको कारण देखाउँदै श्रीलंकास्थित भारतीय उच्चायोगले भारतका लागि भिसा दिन बन्द गरेको छ। श्रीलंकाका विमानसेवाले हवाई टिकट पछि सार्न आग्रह गरेका छन्। माछा मार्ने काममा पनि कडाइ गरिएको छ। प्रधानमन्त्री विक्रमासिंघेले अनुसन्धानमा केही प्रगति भएको बताएका छन्। उनले अमेरिका समेत कैयौं देशसँग मिलेर अनुसन्धान भइरहेको खुलासा गरेका छन्।

४५ बालबालिकाको मृत्यु

विस्फोटमा मृत्यु हुने ३२० जनामध्ये ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसंघले मंगलवार जनाएको छ।

राष्ट्रसंघीय बालबालिका कोष (यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलिराकले सञ्चारकर्मीसँग भने, ‘ श्रीलंका आक्रमणमा मारिने करिब ३२० मध्ये ४५ जना बालबालिका रहेका छन्।’ यूनिसेफले श्रीलंकाको नेगोम्बोस्थित सेन्ट सेवेस्टन चर्चमा प्रार्थनाका लागि पुगेका २७ जनाको मृत्यु भएको र १० जना घाइते भएको उल्लेख गरेको छ। देशका अन्य भागमा सोही दिन भएका विस्फोट र आक्रमणमा थप १८ जनाको मृत्यु भएको यूनिसेफले बताएको छ। पूर्वी शहर बाट्टिकालोआमा डेढ वर्षे एक शिशुसहित १३ बालबालिकाले ज्यान गुमाएको उल्लेख छ। मारिनेमा ४० जना बालबालिका स्वदेशी र बाँकी पाँचजना विदेशी बालबालिका रहेको यूनिसेफले दिएको छ। अझै दर्जनौं बालबालिकाको गम्भीर घाइते अवस्थामा राजधानी कोलम्बोमा २० बालबालिकाको उपचार भइरहेको छ। घटनामा डेनमार्कका अर्बपति एन्डर्स होल्क पोवल्सनका चार सन्तानमध्ये तीनको पनि मृत्यु भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.