वाट्सन फेरि चम्किए, चेन्नईको जित

वाट्सन फेरि चम्किए, चेन्नईको जित

काठमाडौं :  इन्डियन प्रिमियर लिग(आईपीएल)मा मंगलबार रातिको खेलमा  चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा जित हात पार्दै चेन्नई पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ 

चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको थियो । १७६ रनको लक्ष्य चेन्नईले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । चेन्नईको जितका लागि अस्ट्रेलियन अलराउण्डर शेन वाट्सन नायक बने । उनले ५३ बलको सामना गर्दा ६ छक्का र ९ चौकासहित ९६ रन बनाए । 

दोस्रो ओभरमै ओपनर जोनी ब्रेस्टोलाई शून्य रनमै गुमाएको हैदराबादका लागि डेभिड वार्नर र मनिष पाण्डेयले आक्रामक ब्याटिङ गरी टेलीलाई उच्च स्कोरतर्फ अग्रसर गराएका थिए । ५ रन बनाउँदा पहिलो विकेट गुमाएको हैदराबादलाई १३.२ ओभरमा १२० रनको अवस्थामा पुर्‍याएका थिए । 

चौधौं ओभरको तेस्रो बलमा वार्नर आउट भएपछि हैदराबादको रन  बन्ने गति सुस्त भयो । पछिल्ला ओभरमा अपेक्षित रन नबन्दा हैदराबादले उच्च स्कोर खडा गर्न सकेन । वार्नर ५४ रन बनाएर आउट हुँदा मनिष पाण्डेय ४९ बलमा ८३ रन बनाएर अविजित रहे । 

चेन्नईका ओपनरलाई सुरुका केही ओभरमा हैदराबादका बलरले चल्न दिएका थिएनन्। २.३ ओभरमा ३ रन मात्रै बनाएको अवस्थामा ओपनर डुप्लेसीको विकेट गुमिसकेको थियो । अर्का ओपनर शेन वाट्सन आक्रमकरुपमा प्रस्तुत भएपछि चेन्नईको सहज जित सम्भव भएको हो । सुरुका खेलमा राम्रो ब्याटिङ गरेको वाट्सन पछिल्ला खेलमा चल्न सकेका थिएनन् । वाट्सनपछि सुरेश रैनाले ३८, अम्बाती रायुडुले २१ र केदार जादवले ११ रन बनाए ।

११ खेल खेल्दा ८ मा जित निकालेको चेन्नई दिल्लीलाई पछि पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको शीर्ष स्थान एकदिनभन्दा बढी टिकेन सोमबार राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको थियो । दिल्लीको १४ अंक छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.