असिनापानीले बैतडीमा लाखौं मूल्यका नर्सरीका बेर्ना नष्ट

असिनापानीले बैतडीमा लाखौं मूल्यका नर्सरीका बेर्ना नष्ट

बैतडी : गत आइतबार बैतडीमा परेको असिनाले एउटै वडामा ६० लाख बराबरका बोटबिरुवाका बेर्ना नष्ट भएका छन्। दशरथचन्द नगरपालिका- १ गुरुखोलामा रहेका १८वटा निजी नर्सरी र सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरीमा राखिएका फलफूलका बेर्ना नष्ट भएका हुन्।

असिनाले भर्खरै टुसाउन लागेका फलफूलका बिरुवा र ग्राफ्टिङ गरेका फलफूलका बिरुवामा क्षति पुर्‍याएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताए। उनले भने, 'असिनाले भर्खरै टुसाउन लागेका बिरुवाका बेर्नामा क्षति पुर्‍याएको। हामीले निजी नर्सरी र सुख्खा फलफूल विकास केन्द्रको ६० लाख बराबरको क्षति भएको अनुमान गरेका छौं।'

जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान देवदत्त भट्टले ओखर, मेल, नासपाती लगायतका फलफूलका बिरुवा र ग्राफिटिङ गरेका बिरुवामा व्यापक क्षति पुगेको बताए। उनले भने, 'मैले फलफूलका बिरुवाबाटै वार्षिक १० लाख आम्दानी गर्दै आएको थिए।यो वर्ष बेर्ना नै असिनाले सखाप पार्‍यो। मेरो नर्सरीमा करीब ३ लाख बढीको क्षति भएको छ ।'

किसान बीरबहादुर टेरले यो वर्ष आफ्नो निजी नर्सरीमा काश्मिरी ओखरका बिरुवा उमार्दै थिए।बिरुवा भर्खर टुसाउन थालेका थिए। आइतबारको असिनापानीले २० रोपनी बढीमा लगाएको बिरुवा सखाप भएको उनले बताए। उनले भने, 'यो वर्ष निकै घाटा लाग्ने भयो।पचास हजारको बीउ खरीद गरेर बेर्ना राखेको थिए।तर असिनाले सबै बिरुवा नष्ट भएका छन्।'

बीरबहादुर जस्तै किसान रामबहादुर टेरको निजी नर्सरीमा लगाइएका बिरुवा पनि असिनाले सखाप पारेपछि उनी निकै चिन्तित बनेका छन्।उनले भने, 'निकै मिहनेतका साथ नर्सरीमा बिरुवा राखेका थियौं।करीब १५ रोपनीमा राखिएका ओखर, स्याउ, नासपातीका बिरुवा नष्ट भएका छन्। ग्राफिटिङ गरेका बिरुवा पनि असिनाले नष्ट गरेको छ। मेरो नर्सरीमा करीब ३ लाख बराबरको क्षति भएको छ।'

असिनाका कारण दशरथचन्द नगरपालिका १ का १८ वटा निजी नर्सरीमा ठूलो क्षति पुर्‍याएको छ। नर्सरीमा राखेका ३० प्रतिशत बिरुवा नष्ट भएका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताए। उनले बोटबिरुवाका बेर्नामा यस्तो क्षति अहिलेसम्म भएको थिएन्।

दशरथचन्द नगरपालिका-१ गुरुखोलाका किसान फलफूलका बिरुवाबाटै लाखौं आम्दानी गर्छन् तर यो वर्ष असिनाले बिरुवा सखाप पारेपछि उनीहरु चिन्तित बनेका छन्।'हामीहरुको परिवार पाल्ने आधार नै फलफूलका बिरुवा हुन्,उनले भने, ' असिनापानीले हाम्रो आधार नै भत्काइदियो।'

सरकारले कृषि बीमा गरेका किसानलाई बालीमा क्षति भएमा क्षतिपूर्ती दिने व्यवस्था गरेको छ। तर बैतडीका किसानले बाली बीमा नगरेका कारण क्षतिपूर्ति पाउन सक्ने अवस्था पनि छैन्।'स्थानीय सरकारले किसानका समस्या आफ्ना तरीकाबाट सम्बोधन गर्न सक्छ। तर बीमा भएको भए ९० प्रतिशत क्षतिपूर्ति पाइन्थ्यो।'कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले भने, 'जिल्लामा एकदुई जना किसान बाहेक कसैले बीमा गरेका छैनन्। त्यसैले किसानले क्षतिपूर्ति पनि पाउन सकिरहेका छैनन्।'

किसानले भने बीमा गर्ने कम्पनी नजिक नभएका कारण आफूहरुले बीमा गर्न नपाएको गुनासो गरेका छन्।'नजिक बीमा गर्ने कम्पनी नै छैन्। बाली बीमाका बारेमा त्यति थाहा पनि छैन्। बीमाको कुरा मात्रै सुनिन्छ तर बीमा कहाँ गर्ने? कसरी गर्ने केही थाहा छैन्?' किसान देवदत्त भट्टले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.