घोडा चढेर महोत्सव उद्घाटनमा पुगे मन्त्री सोनल
मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बुधबारदेखि राष्ट्रिय व्यापार मेला तथा प्रथम महोत्सव सुरु भएको छ।
प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले महोत्सव उद्घाटन गरेका छन्। जनकपुरबाट गाडीमा आएका मन्त्री सोनल चक्रघट्टबाट घोडा उद्घाटनस्थलमा पुगेका थिए। मन्त्रीसँगै जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीसमेत घोडामै उद्घाटनस्थल पुगे।
महोत्सवको नारा ‘हिमाल, पहाड, तराई कोही छैन् पराई, एक आपसी सद्भावको पहिचान चक्रघट्टालाई नमुना बनाउने हाम्रो अभियान’ भन्ने रहेको छ।
सामाजिक, सांस्कृतिक, धार्मिक एकता तथा कृषी, पशु र व्यापार प्रवद्र्धनको लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष विक्रम यादवले जानकारी दिए। महोत्सव वैशाख २० गतेसम्म चल्नेछ।