मजदुरी गरेर पढाई खर्चको जोहो

मजदुरी गरेर पढाई खर्चको जोहो

विराटनगर : नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा आर्थिक अवस्था कमजोरी भएका विपन्न विद्यार्थी मजदुरी गर्न  विराटनगर आएका छन्।

मोरङका विभिन्न स्थानका विपन्न वर्गका विद्यार्थी काम गर्न प्रदेशको राजधानी विराटनगरका आएका हुन्। उनीहरु बिहान घरबाट विराटनरको भूमीप्रशासन चोक, बरगाछी, पञ्चमुखी हुनमान मन्दिरलगायतका स्थानमा भेला भएर मजदुरी गर्ने गर्छन्। उनीहरु मिस्त्रीलाई सहयोग गर्नेदेखि नाला निर्माणसम्मका काम गर्छन्। 

शैक्षिक सत्र सुरु हुन अगाडि विद्यालयको खर्च जुटाउन बिहानै विराटनगरमा आउने गरेको उनीहरुको भनाइ छ। दैनिक ५ सय रुपैयाँ पाउने जाहदा २ वेरिया माविमा अध्ययनरत्त राकेश  राजभरले बताए। उनले कक्षा ८ को परिक्षा सकिएपछिको  छुट्टीमा २० दिनदेखि विराटनगरमा काम गर्न आउने गरेको सुनाए। 

घरमा आमा बाबासँग खर्च नभएका कारण आफूलले  पढाई खर्च जोहो गर्न बिहानै घरबाटै नास्ता खाएर आउने गरेको उनले सुनाए।

उनीहरु दैनिक पाँच सय रुपैयाँ ज्याला पाउने गर्छन्। त्यही पैसाबाट सस्तो होटलमा खाना खाने गरेको राजभरले बताए। 

उनका बुवा दिपककुमार राजभर  पनि मजदुरी गरेर सात जनाको परिवार पाल्दै आएका छन्। 

छुट्टीको बेला  काम गरी आवश्यक रकम ल्याएर फेरि विद्यालयमा पढाइमा जोड्न बाध्य भएको अर्का विद्यार्थी ताराचन्द्र राजभरले बताए।  स्थानीय काली अधारभूत विद्यालयमा अध्ययन गर्ने उनले  पैसा अपुग हुने भएकाले काम गर्ने आउने गरेको बताए। 

उनले आफूसँगै स्कुल पढ्ने साथी छुट्टीमा घुमिरहेका र खेलिरहेका बेला गरिबीको कारण काममा आउने गरेको बताए। स्कुलको कापी, किताबलगायत खर्चको जोहो गर्न मजदुरी गर्न आउने गरेको उनीहरु बताउँछन्। 

विराटनगरमा  जहादा, कटहरीसहित महानगर आसपासका अधिकांश स्थानीय तहका विद्यार्थीले अभिभावकसँगै काममा  बिहानै विराटनगर आएर बेलुका काम गरेर घर फर्खेने गरेका छन्। 

स्कुल बिदा भएकाले किताब, कापी स्कुलको ड्रेस किन्ने खर्चको जोहो गर्न चर्को घाममा काम गर्ने गरेका छन्।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.