यसरी हुन्छ मध्यरातमा विमानस्थल धावनमार्गको मर्मत (भिडियोसहित)

यसरी हुन्छ मध्यरातमा विमानस्थल धावनमार्गको मर्मत (भिडियोसहित)

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)को हालको पिच भत्काएर नयाँ बनाउने काम धमाधम भइरहेको छ। विमानस्थलले पहिलोपटक पूर्ण जिर्णोद्वार गरेको यस्तो धावनमार्गमा यही चैत १८ देखि रातैभर काम भइरेको छ। 

५० मिटरसम्म धावनमार्ग भत्काउने र २० सेन्टिमिटरको पिच हरेक रात तयार हुने गरेको छ। ‘राति १० बजे विमानस्थल बन्द गरेर निर्माण कम्पनीलाई रनवे सुम्पने र बिहान ८ बजे जति भत्काएको छ त्यसलाई पूर्ण दुरुस्त बनाएर लिने गरिएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने। 

रनवे हरेक रात भत्काएर बिहानै उडान योग्य बनाउनु निकै चुनौतिपूर्ण र जोखिम काम भएको गौतमको भनाइ छ। कठिन भए पनि निर्माण कम्पनीले तोकिएको सर्त र सीमा अनुसार भइरहेको बताए। 

चाइना नेसनल एरोटेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले निर्माण जिम्मा पाएको यो कामको लागि दैनिक २२० कामदार खटाएको छ। यसमध्ये आधाजसो जनशक्ति नेपाली रहेका छन्।

धावनमार्ग मर्मत गर्न आधुनिक निर्माण सामाग्रीको प्रयोग गरेर चिनियाँ कम्पनीले रातैभर काम गर्छ। यही कामको लागि विमानस्थल दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिएको छ। कुनै दिन प्राविधिक कारण विमास्थल कार्यालले जारी गर्ने नोटामको समय १०÷१५ मिनेट ढिलो हुँदा यसको असर निर्माण कम्पनीलाई पर्ने गर्छ।

हामीले कुनै पनि दिन गर्ने १० मिनेटको ढिलाइले पनि निर्धारित समयमा काम सक्न, निर्माण कम्पनीले टोली परिचालन गर्न ढिलो हुने र लक्ष्य पूरा गर्न गाह्रो हुन सक्छ। यसका लागि हामीले कुनै दिन गर्ने १० मिनेटको पनि निर्माण कम्पनीले क्षतिपूर्ति माग्न सक्ने जानकारी गौतमल दिए।

मंगलबार राति उड्डयन प्राधिकरणले पत्रकारसहितको एक टोलीलाई धावनमार्गको स्थलगत अवस्थाको अवलोकन गराएको छ। विमानस्थलमा रहेको कामको गति देखाउन र यसको अवस्थाको जानकारी दिन प्राधिकरणले धावनमार्गमै लगेर मिडियाका प्रतिनिधिलाई कामको बारेमा जानकारी दिएको हो। 

प्राधिकरणले तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी दिएको यो काम करिब एक महिना पुग्न लाग्दा एक सय ५० मिटरको हाराहारीमा मात्रै भएको छ। सुरुका दिनमा कामको गति कम भएकाले कम उपलब्धि देखिएको हो। यो उपलब्धि लक्षित योजनाभन्दा कम नभएको र अब कामको गति बढ्ने भएकोले निर्धारित समयमै काम पूरा हुने दाबी निर्माण कम्पनीको छ। भिडियाे : राजु बास्काेटा
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.