पुरुष र महिला क्रिकेटमा एपीएफ च्याम्पियन

पुरुष र महिला क्रिकेटमा एपीएफ च्याम्पियन

नेपालगन्ज : आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुरुष र महिला क्रिकेटमा एपीएफ क्लब च्याम्पियन बनेको छ। 

बाँकेको कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफले क्रिकेटको स्वर्ण जितेको हो। 

टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले पहिलो पारीमा १ सय १० रन जोड्न सफल भएको थियो। टिमका लागि अनिल शाहले ४ चौकाको मद्दत्तले सर्वाधिक ३१ रन जोडेका थिए। शंकर रानाले २३ रन जोडे। राष्ट्रिय टिमका प्रभावशाली खेलाडी शरद् भेषावकरले ९ रन जोड्दा भुवन कार्कीले ११ रन जोडेका थिए। 

वसन्त रेग्मीको नेतृत्वमा उत्रिएको एपीएफलाई रोक्ने क्रममा नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले ३ विकेट लिए। सागर ढकालले २ तथा दिपेन्द्रसिंह ऐरी र मन्जित श्रेष्ठले समान १-१ विकेट लिए। 

१ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पुलिस क्लव ७८ रनमै समेटियो। सुरुवाती ब्याट्स म्यान सुनिल धमलाले १५ रन जोडे पनि अन्य खेलाडीहरु क्रिजमा जम्न सकेनन्। सुरुवाती ओभरमै धर्मराएको पुलिसलाई कप्तान मन्जित श्रेष्ठले लयमा ल्याउने प्रयास गरेका थिए। 

श्रेष्ठले ३६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोडेपनि टिमलाई जिताउन सकेनन्। पुलिसलाई दवाबमा राख्ने क्रममा एपीएफका बलर कमलसिंह ऐरीले ३ विकेट लिएका थिए भने एपीएफका कप्तान बसन्त रेग्मी र शरद भेषवाकरले समान २-२ विकेट लिएका थिए। 

त्यसैगरी भुवन कार्की र अमरसिंह रौटेलले समान १-१ विकेट लिए। प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई पूर्वयुवा तथा खेलकुद मन्त्री दलजीत सिर्पाली, राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उपप्रमुख सन्जु चौधरी लगायतले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। त्यसैगरी महिला क्रिकेटमा पनि एपीएफले नै स्वर्ण जितेको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.