ब्युँतिँदै ‘हेम्फै’ नाच

ब्युँतिँदै ‘हेम्फै’ नाच

बागलुङ : अल्पसंख्यक कुमाल जाति कला र संस्कृतिको हिसाबले धनी छन्। कुमाल समुदायमा नाचिने हेम्फै नाच निकै प्रसिद्ध मानिन्छ। बडिगाड गाउँपालिका—२ को दनियाँ र सिमलचौरमा बसोबास गर्ने कुमाल समुदायको पुख्र्यौंली नाच पछिल्लो समय लोप प्रायः भइसकेको थियो। तर, स्थानीय युवा र सामाजिक अगुवाको पहलमा नाचलाई फेरि ब्युँत्याउन थालिएको छ। यसका लागि स्थानीय सरकार पनि तातेको छ।

हेम्फै नाच एउटा लाहुरेको कथा हो। लाहुरे पल्टनबाट घर फर्कंदा लिएर आएकी नवदुलहीलाई गाउँलेले लिएको परीक्षा पनि हो यो। ‘हामी ससाना हुँदा आमाहरू नाच्नुहुन्थ्यो, बीचमा छोडिएको थियो’, स्थानीय जानकारी कुमाल रानाले भनिन्, ‘अहिलेबाट फेरि नाच्न थालिएको छ। पुर्खाले आर्जेका संस्कार र संस्कृतिको संरक्षणका लागि हेम्फै नाच्न सुरु गरेका हौं।’

हेम्फै कहिलेबाट नाच्न थालियो भन्ने यकिन मिति पाउन मुस्किल छ। लाहुरेको कथा भएकाले नेपाल अंग्रेज युद्धपछि अनुमान गर्न सकिन्छ। भारतमा शासन गरिरहेको बेलायती इस्ट इन्डिया कम्पनीको सेनामा भर्ती हुन थालेपछि यो नाच सुरु भएको पाका कुमाल अभिभावक बताउँछन्। कुमाल नेपालको आदिवासी भएकाले त्योभन्दा अगाडि नै यो चलन सुरु भएको कतिपयको बुझाइ छ।

‘अहिले सबैतिर कला संस्कृतिको कुरा उठ्न थालेको छ। हामी पनि आफ्नो संस्कार खोजी गर्ने क्रममा हेम्फै जोगाउन अग्रसर भएका हौं। त्यसका लागि अहिलेबाटै तयारी थालिएको छ।’ स्थानीय गोमबहादुर रानाले बताए। ‘यो कुमाल समुदायमा नाचिने भए पनि सबैलाई सन्देश दिने खाल्को छ। यो हाम्रो समुदाय, समाज र राष्ट्रको अमूल्य सम्पत्ति गहना हो।

बडिगाड गाउँपालिका— २ का कार्यवाहक अध्यक्ष हिमा खरालले जिल्लाकै महŒवपूर्ण नाच हेम्फै भएकाले यसको संरक्षणका लागि आवश्यक सहयोग गरिने बताए। ‘कुमाल जातिको हेम्फै नाच निकै मौलिक र फरक खालको छ’, अध्यक्ष रानाले भने, ‘हराइसकेको नाचलाई वडाको पहलमा यही वर्ष सुरु गरिएको छ। सिंगो गाउँपालिकाको पहिचान दिन सफल हुनेछ।’

अहिलेबाटै तयारी थालिएको हेम्फै नाच भाद्र कृष्ण पक्षको औंसीमा सुरु गरेर शुक्ल पक्षको पूर्णिमामा विशेष पूजा आराधनासहित सम्पन्न गरिन्छ। रोधीमा सहभागीले रोधी गाउँछन्। लाहुरेले हेम्फैको सबै क्रियाकलापबाट घर समाजलाई अवगत गराउँछन्। अर्को तर्फ कमेरो र माटोको प्रयोग गरेर बनाइएका चन्द्रमा र सूर्यको प्रतीकमा उपस्थित सबैले फूलले पूजा गर्ने चलन रहेको टेकबहादुर राना बताउँछन्।

रातभर हेम्फै र लाहुरेलाई नचाई बिहान तिनै उपवास बसेको दुई कन्याले ती चढेका सबै फूलहरूको डोली बनाई सबैजना नाच्दै गाउँदै नदीकिनारमा लगी सेलाउने चलन छ। ‘विधिपूर्वक नाच सुरु हुने भएका कारण यसको अन्त्येष्टि पनि विधिपूर्वक नै गरिन्छ’, उनी भन्छन्, ‘यो एउटा नाच मात्रै होइन हाम्रो कुलको परम्परा र संस्कार पनि हो।’ हेम्फैमा रोधीलाई रमाइलो बनाउनका लागि बीचबीचमा हेम्फैको गीत रोकी विभिन्न व्यंग्यात्मक र ठट्टाहरू गीतमार्फत प्रस्तुत गरेर रमाइलो गर्ने चलन छ।

गीत हेर्दा पहाडी भूगोलमा नाचिने गरिन्छ। खासगरी बागलुङ, गुल्मी, गोरखा, तनहुँ, लमजुङमा हेम्फै नाच्ने गरिएको कुमालहरू बताउँछन्। नयाँ पुस्ताका लागि मनोरञ्जनका थुपै साधन उपलब्ध भएपछि यसप्रति त्यति ठूलो आकर्षण छैन। जसले गर्दा पुस्तान्तरण नभई लोप हुने खतरा बढेको कदम चालिएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजा बताउँछन्। हामीले महोत्सवका आयोजना गरेर प्रदर्शन पनि गरेका छौं।’

तस्बिरः बागलुङको बडिगाड—२ मा प्रचतिल कुमाल जातिको हेम्फै नाच।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.