चित्रमा नयाँ अवधारणा

चित्रमा नयाँ अवधारणा

चित्रकारिता क्यानभास भित्र मात्र सीमित छैन। यसलाई अनेक शैलीमा प्रस्तुत गर्न सकिन्छ। नयाँ विषय, प्रसंग र विविध मुद्दाहरूलाई समातेर त्यसलाई चित्रकलामार्फत नयाँ अवधारणा दिन सकिन्छ।

नेपाल आर्ट काउन्सिल, बबरमहलमा चलिरहेको ‘सिर्जना २०१९ अ कलेक्टिभ आर्ट सो’ त्यही नयाँ अवधारणाको संग्रह प्रदर्शनमा ल्याइएको छ।

प्रदर्शनीमा सिर्जना कलेज अफ फाइन आर्टसँग आबद्ध ३० जना कलाकारहरूद्वारा सिर्जित कलाकृतिहरू राखिएको छ।

जसमा मूर्ति रचना, इन्स्टलेसन आर्ट, पर्फरमेन्स, फोटोग्राफी तथा डिजिटल आर्ट गरी कुल ९७ कलाकृतिहरू समावेश छन्। प्रदर्शनीमा नेपाली परम्परागत कलादेखि आधुनिक एवम् उत्तर आधुनिक (पोस्ट मोडर्न) कलाका धारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरूको समावेश गरिएको छ।

प्रदर्शनीमा शाहीविक्रम शाहजस्ता दिग्गज कलाकारको पेन्टिङ समावेश छ। उनको ‘दि कल्की’ शीर्षकको पेन्टिङ प्रदर्शनीमा छ। परिवर्तित समय, यसको महŒव र समय कसैको वशमा नहुने कुरालाई उनले कुदिरहेको घोडाको माध्यमबाट बुझाउन खोजेका छन्।

पौराणिक तथा प्राचीन संस्कृतिमा चित्र कोर्ने अर्का दिग्गज कलाकार हुन् बत्सगोपाल वैद्य। प्रदर्शनीमा उनको ‘दस अवतार’ शीर्षकको पेन्टिङ देख्न पाइन्छ। त्यसैगरी मदन चित्रकारको ‘दि ट्रान्ससेन्डेन्टल नलेज’, श्यामलाल श्रेष्ठको ‘फेस्टिभ मुड’ जस्ता अब्बल चित्रहरू देख्न सकिन्छ।

प्रदर्शनमा अन्य समयमा कमै देख्न पाइने इन्सलेसन आर्ट पनि देख्न पाइन्छ। कलाकार शरदमान श्रेष्ठले लाइट ओभर ड्राक्नेस, गणेश र पेन शीर्षकमा इन्सलेसन आर्ट देखाएका छन्।

प्रदर्शनीमा प्रिन्ट मेकिङदेखि डिजिटल फोटोग्राफीदेखि परम्परागत चित्रकलालाई एकै ठाउँमा देख्न सकिन्छ।

कला प्रदर्शनीमा शशीविक्रम शाह, वत्सगोपाल वैद्य, मदन चित्रकारजस्ता अग्रज कलाकारको साथै विजय महर्जन, रोशन भण्डारी, तारा तामाङ, डावाओमु लामाजस्ता युवा कलाकारको पनि पेन्टिङ देख्न सकिन्छ।

६ दिनसम्म चल्ने प्रदर्शनीका त्रिहण्ठा कार्यगीनृत्य सुलोचना गोपालीले प्रस्तुत गरेकी थिइन् भने कलाकारहरूले नेपाली कलजयी गीतहरूसमेत प्रस्तुत गरेका छन्।

सिर्जना कलेज अफ फाइन आर्टस् तथा सिर्जना कन्टेम्पोररी आर्ट ग्यालरीको संयुक्त आयोजनामा चत्रकला प्रदर्शन गरिएको हो। प्रदर्शनी १२ गतेसम्म सञ्चालन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.