बैतडीमा सहकारीबाटै रेमिटेन्स

बैतडीमा सहकारीबाटै रेमिटेन्स

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका- २ की बसन्ती बोहरा विदेशबाट श्रीमानले पठाएको रकम झिक्न सदरमुकाम पुग्थिन्। तर गाउँकै सहकारीमा रेमिटेन्स सेवा सुरु भएपछि उनलाई सजिलो भएको छ।गएको हप्ता मात्रै श्रीमान‍्ले विदेशबाट पठाएको रकम शिखर बीउ प्रवद्र्धन सहकारी संस्थाले सञ्चालन गरेको प्रभु रेमिटेन्समार्फत हात पारिन्। 'विदेशबाट पठाएको रकम ल्याउन सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो, उनले भनिन्,' अचेल गाउँ नजिकैको सहकारीले रेमिटेन्स सेवा दिएपछि सजिलो भएको छ।'

जिल्लाको पाटन नगरपालिका- ९ ककस्यालीकी जानकी भट्टले रोजगारीका लागि भारतको दिल्लीमा रहेका रहेका श्रीमान्‍ले पठाएको रकम सहकारी मार्फत नै प्राप्त गरिन्। उनले भनिन्, 'श्रीमानले पठाएको रकम ल्याउन सदरमुकाम निकै गाह्रो हुने गर्दथ्यो। कागजपत्र जुटाउनमै समस्या हुन्थ्यो। गाउँ नजिकै रहेको सिद्धेश्वर बचत तथा ऋण सहकारी मार्फत विदेशबाट पठाएको रकम पाइन थालेपछि खुसी लागेको छ।'

जिल्लाको तल्लोसोराड क्षेत्रका नागरिकलाई विदेशबाट पठाएको रकम झिक्न सदरमुकाममै पुग्नुपर्ने बाध्यता थियो।तर पछिल्लो समयमा सहकारीले गाउँमै रेमिटेन्स सेवा सञ्चालनमा ल्याएपछि सजिलो भएको शर्माली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बीरबहादुर साउँदले बताए।उनले गाउँकै कतिपय नागरिक विदेशबाट पठाएको रकम झिक्न सदरमुकाम पुग्थे तर हामीले सहकारीमार्फत रेमिटेन्स सेवा सञ्चालनमा ल्याएपछि उनीहरुलाई सजिलो भएको बताए।

गाउँकै सहकारीले रेमिटेन्स सेवा सञ्चालन गरेपछि पञ्चेश्वर २ का जानकी आउजीले सहकारीबाटै श्रीमानले भारतबाट पठाएको रकम हात पारिन्।उनले भनिन्, 'पहिला एकजना साथमा लगेर रकम ल्याउन सदरमुकाम पुग्नुपथ्र्यो।अहिले सजिलो भएको छ । अब घर फर्किदा भएको रकम सहकारीमा पठाउनोस भन्छु। घर फर्किदा रकमका कारण हुने झण्झट पनि हुँदैन पूँजीको पनि सुरक्षा हुन्छ।'

सहकारीले रेमिटेन्स सेवा सुरु गरेपछि गाउँलेलाई सजिलो भएको दशरथचन्द नगरपालिका १ मुस्यचोरस्थित शिखर बीउ प्रवद्र्धन सहकारी संस्थाका अध्यक्ष देवदत्त भट्टले बताए। उनले भने, 'अहिले सहकारीबाट रेमिटेन्स सेवा दिन थालेपछि सबैलाई सजिलो भएको छ। विद्युतको महसुल बुझाउने देखि लिएर मोबाइलको रिचार्ज सेवा समेत हामी सहकारीबाटै दिने गरेका छौं।'

गाउँकै सहकारीमा रेमिटेन्स सेवा सुरु भएपछि रोजगारीका लागि भारत गएकाहरुलाई समेत सजिलो भएको छ। कमाएको रकम रेमिटमार्फत पठाउने गरेको र फर्किँदा बाटोमा हुने झण्झट हटेको सिगासका राजेन्द्र साउँदले बताए। उनले भने, 'विदेशबाट पठाएको रकम गाउँकै सहकारीबाट पाउँदा निकै सजिलो भएको छ। नत्र रकम झिक्नकै लागि डडेल्धुरा वा बैतडी सदरमुकाम पुग्नुपथ्र्यो।'

बैतडीका विभिन्न ठाउँका ८ वटा सहकारी संस्थाले रेमिटेन्स सेवा सञ्चालन गरिरहेका छन्। अक्सफाम नेपाल र रुडेस बैतडीको सहयोग तथा प्रभु रेमिटेन्सको प्राविधिक सहयोगमा सहकारीहरुले रेमिटेन्स सेवा सञ्चालनमा ल्याएका हुन्। 

निङ्गलाशैनी बचत तथा ऋण सहकारी संस्था देहीमाण्डौं, शिखर बीउ प्रवद्र्धन सहकारी संस्था मुस्याचोर, उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था डुब्के, प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था गाँजरी, शर्माली बचत तथा ऋण सहकारी संस्था शर्माली र जयमहाकाली बचत तथा ऋण सहकारी संस्था पञ्चेश्वरले रेमिटेन्स सेवा प्रदान गरिरहेका छन्।गाउँका सहकारीले एक बर्षको अवधिमा रेमिटेन्स मार्फत ५ करोड बढीको कारोबार गरेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.