११ र १२ को परीक्षा मर्यादित बनाउन मन्त्रालयको निर्देशन

११ र १२ को परीक्षा मर्यादित बनाउन मन्त्रालयको निर्देशन

काठमाडौं : वैशाख १५ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन हुन लागेको कक्षा १२ र ११ को परीक्षालाई मर्यादित बनाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिएको छ । परीक्षा व्यवस्थापन सुधार कार्यदलको सुझावको आधारमा बिहीबार यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा कार्यदल गठन भएको थियो। मन्त्रालयले दिएको निर्देशनमा परीक्षा सञ्चालन भइरहेको समयमा सकेसम्म धेरै समय अनलाइन माध्यमका साथै स्थलगत अनुगमनको व्यवस्था मिलाउने, प्रश्नपत्र भण्डारण रहेको स्थान पूर्ण सुरक्षित रहेको प्रत्याभूत गराउनेसम्मका कुराहरू समावेस छन्।

सुरक्षा निकायसँग रहेको परीक्षा सम्बन्धि सामग्री आधिकारीक व्यक्ति बाहेकलाई नदिने तथा परीक्षा सञ्चालनको क्रममा कुनै व्यक्तिले अमर्यादित काम गरेको पाइएमा तत्काल कानूनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउन पनि निर्देशन दिइएको छ।

परीक्षा सञ्चालनको क्रममा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक सहित परीक्षासँग सम्बन्धित कर्मचारीलाई अभिमुखीकरण गर्ने तथा परीक्षाको क्रममा सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य सहयोगी कर्मचारीले परीक्षाको समयमा मोबाइल फोन स्वीच अफ गर्नुपर्ने लगायत निर्देशन पनि मन्त्रालयले बोर्डलाई दिएको छ।

परीक्षा बोर्ड तीन प्रदेश कार्यालयकी प्रमुख जयन्ती सत्यालले परीक्षाको लागि आवश्यक तयारी भइरहेको बताइन्। त्यस्तै परीक्षा सम्बन्धि महत्वपूर्ण सुचना दिन र चाहेको अवस्थामा मन्त्रालयलाई समेत आवश्यक जानकारी दिन तुरुन्त परीक्षा बोर्डमा सुरक्षाकर्मी सहितको कन्ट्रोल कक्षको स्थापना गर्न तथा कन्ट्रोल कक्षमा सबै परीक्षा केन्द्र तथा प्रश्नपत्र भण्डारण रहेको कक्षबाट नियमित सुचना पाउने व्यवस्था गर्नुपर्ने निर्देशन मन्त्रालयले दिएको छ।

गत चैतमा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रश्नपत्र वाहिरीएपछि प्रदेश दुईमा परीक्षा नै स्थगित गर्नुपरेका कारण मन्त्रालयले यसपटक कक्षा ११ र १२ को परीक्षा सञ्चालन हुनुअघि नै सचेतना अपनाएको हो। शिक्षामन्त्री गिरीराजमणि पोखरेलले समेत परीक्षालाई व्यवस्थित र मर्यादित बनाउने काममा सहयोग गरिदिन सरोकारवाला सबै पक्षलाई अनुरोध समेत गरेका छन्।

हेर्नुस्, २२ बुँदे निर्देशन :


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.