सगरमाथा तर्फ लागे साहित्यकार सापकोटा

सगरमाथा तर्फ लागे साहित्यकार सापकोटा

काठमाडौं : साहित्यकार लक्ष्मण सापकोटा पहिलोपटक साहित्यिक ब्यानरमा सगरमाथाको चुचुरोतर्फ लागेका छन्। साहित्यकार सापकोटा बिहीबार त्रिभुवन विमानस्थलबाट हेलिकप्टरमा लुक्लातर्फ लागेका हुन्। 

लुक्लाबाट उनी बिहीबार नै सगरमाथाको आधार शिविरतर्फ लागेका छन्। सगरमाथातर्फ लाग्दै गर्दा सापकोटाले भने, ‘सगरमाथा पुगेर केही विश्व कीर्तिमान राख्ने योजना छ । जसमा दुई कृति विमोचन गर्ने, एउटा कविता वाचन गर्ने, शैव सभ्यता भएको देश नेपालको ओम् शब्द त्यहाँ पुर्‍याउने काम हुनेछ ।’ 

यसैगरी, गौतम बुद्ध, लुम्बिनी, पशुपतिनाथको फोटो पनि सगरमाथा पु¥याउने काम हुनेछ। उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले कार्यक्रमका बीच सफलताको कामना गर्दै विदाइ गरिसकेका छन्।

सापकोटाका अनुसार, यसअघि मेची–काली साहित्यिक दौडका क्रममा मेची नदीको पानी र माटो अनि महाकाली नदीको पानी र माटोका साथै नेपालकै होचो भू–भाग झापास्थित कचनाकवलको माटो पनि सगरमाथा पुर्‍याउने काम हुनेछ।  राष्ट्रकवि माधव घिमिरे र वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको हस्ताक्षर भएको रामायणलाई पनि उनले सगरमाथाको टुप्पोमा पुर्‍याउनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.