८३ लाखको फूल बगैंचामा गोलभेडा फल्यो !

८३ लाखको फूल बगैंचामा गोलभेडा फल्यो !

धरान : सुनसरीको धरान उपमहानगरपालिकाले ८३ लाख खर्च गरेर निर्माण गरेको फूल बगैचामा गोलभेडा फल्न थालेको छ। उपमहानगरले वर्ष दिनअघि धरान बजारलाई सुन्दर बनाउन भानुचोकदेखि छाता चोकसम्म रेलिङ बनाएर फूल रोपेको थियो। 

लाखौं रुपैयाँका फूलका विरुवा हुर्कने गमलामा गोलभेडा फल्न थालेका छन्। धेरै जसो गमलाहरुमा फूलका विरुवा मरिसकेको देखिन्छन्। सोही कारण पनि धरान बजार कुरुप बन्दै गएको छ।  
धरान बजारलाई सुन्दर बनाउने उदेश्यले मेयर स्व.तारा सुब्बाको परिकल्पनामा उपमहानगरले भानुचोकदेखि छाता चोकसम्म रेलिङ लगाई सडकको वरीपरि फलामका खम्बा गाडेर गमलामा फूलका विरुवा रोपेको थियो। 

उपमहानगरले लाखौं खर्च गरेर तयार पारेको फूल बगैचालाई गोडमेलमा ध्यान नदिँदा पैसा खेर गएको र धरानको सुन्दरतालाई समेत कुरुप भइरहेको स्थानीय मनिता चाम्लिङले बताइन्। 
गमलामा रोपेको फुल गोडमेल गर्न उपमहानगरले चराजना माली नियुक्ति गरेको छ। तर, उपमहानगरपालिकाका मालीहरुले गमलामा लगाइएको फूलहरु गोडमेल नगरेका कारण गमलामा गोलभेडा र झारपात पलाएको धरान–२ का पर्वत श्रेष्ठले बताए। त्यस्तै धरान–१३का वडाअध्यक्ष नेत्र काफ्लेले फूल रोपेको बगैचा गोडमेल नगर्नु उपमहानगरको ठुलो कमजोरी भएको बताए। 

धरान उपमहानगरपालिकाका प्रवक्ता मणिराम राईले पनि लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको बगैचा गोडमेल नगर्नु उपमहानगरको कमजोरी भएको स्विकार गरे। उनले अबका दिनहरूमा बजारको सुन्दरतामा विशेष ध्यान दिने प्रतिवद्धता समेत जनाए।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.