अक्षर राम्रो पार्न क्यालिबर राइटिङ

अक्षर राम्रो पार्न क्यालिबर राइटिङ

काठमाडौं : आफूले लेखेका अक्षरलाई कसरी सुन्दर बनाउने ? स्कुल होस् वा क्याम्पस, हरेक तहका विद्यार्थीलाई सधैं यही समस्याले सताइरहेको हुन्छ। सुन्दर अक्षर विद्यार्थीको पढाइको स्तर झल्काउने माध्यम त हो नै, यसले परीक्षामा उच्च अंक ल्याउन पनि सहयोग गर्छ।

पढाइमा अब्बल भए पनि कुरूप अक्षरका कारण कमजोर नतिजा आउँदा धेरै विद्यार्थी दुःखी हुने गरेका छन्। यस्ता विद्यार्थी अक्षर सुन्दर बनाउने कला सिक्न भौंतारिइरहेका छन्। यस्ता विद्यार्थीमध्ये एक हुन्, दिनान्तु प्रधान। बाँसबारीस्थित द चाँदवाग स्कुलमा ८ कक्षामा पढ्ने प्रधान पढाइमा कमजोर छैनन्। उनी अहिले सुन्दर अक्षर लेखन कला सिकिरहेका छन्, जसलाई अंग्रेजीमा क्यालिबर राइटिङ भनिन्छ।

यो कलाले विद्यार्थीलाई अक्षर राम्रो बनाउन सिकाउनुका साथै अक्षरको निर्माण कसरी हुन्छ भन्ने आधारभूत ज्ञानसमेत दिन्छ। ठमेलस्थित क्यालिबर राइटिङ सेन्टरमा उनले १६ दिन यो कला सिके। ‘यो कला सिकेपछि अक्षर निकै राम्रोसँग लेख्न सक्ने भएको छु’, प्रधान भन्छन्, ‘लेखन कला सिकेपछि परीक्षामा नतिजा पनि राम्रो आउने अपेक्षा गरेको छु।’

चन्डोलस्थित एनसीसीएसमा नौ कक्षा पढिरहेका रिसेन मानन्धर पनि सुन्दर अक्षर लेख्न सक्दैनन्। उनी आफ्नो अक्षरप्रति आफैं सन्तुष्ट छैनन्। क्यालिबर राइटिङ सिकिरहेका उनी भन्छन्, ‘यो कला सिकेपछि त अक्षर पनि राम्रो भएको छ। अहिले त सिकिरहूँ जस्तो लागेको छ।’

अक्षर गुरुका नामले परिचित क्यालिबर राइटिङका सञ्चालक बालगोपाल कपालीका अनुसार यो कलाले विद्यार्थीलाई पढाइमा मात्र नभएर अन्य क्षेत्रमा समेत स्थापित हुन निकै सहयोग गर्छ। १८ वर्षदेखि यो पेसामा क्रियाशील कपालीले उपत्यका तथा बाहिरका विद्यार्थीलाई समेत यो कला सिकाइरहेका छन्। उनलाई अहिले छोरा अभिषेकले पनि सघाइरहेका छन्। कपालीका अनुसार सुन्दर लेखन कलाका लागि मुख्यतः चार विषयमा विशेष ध्यान दिनुपर्छ।

ज्यामितीय ज्ञान

हरेक अक्षर लेख्नुअघि सबै व्यक्तिमा ज्यामितीय ज्ञान हुनु आवश्यक छ। कुनै पनि अक्षर ज्यामितीय विधाबाटै उत्पत्ति भएको हुन्छ। अक्षरको लम्बाइ, चौडाइ, उचाइको अनुपात मिलाउन यो विधा आवश्यक पर्छ। हरेक फन्ट तयार गर्नुअघि यसबारे गम्भीर अध्ययन गर्नुपर्छ।

अक्षरको आकार

कुनै पनि अक्षर लेख्नुअघि त्यसको क्षेत्रफल वा आकार कत्रो छ भन्नेबारे अध्ययन गर्नुपर्छ। एउटा मात्र शब्द भए पनि त्यहाँ प्रयोग भएको अक्षरको आकार र यसले ओगट्ने क्षेत्रफल फरक हुन सक्छ। उदाहरणका रूपमा ‘क’ र ‘फ’लाई लिन सकिन्छ। दुवै अक्षर एउटै भए पनि ‘क’को तुलनामा ‘फ’को क्षेत्रफल बढी हुन्छ।

यस्तो कला सिक्न चाहने हरेकलाई चार तह (लेभल)को कक्षा प्रदान गरिन्छ। हरेक लेभलमा अधिकतम १६ देखि १८ घण्टाको कक्षा हुन्छ। एक दिनमा सामान्यतया एक घण्टा सिकाइन्छ। विशेष कारणले १६ दिन नै सिक्न आउन नसक्ने व्यक्तिले एकै दिनमा दुई तीन घण्टा सिकेर १६ घण्टाको प्याकेज १० घण्टामा सम्पन्न गर्न पनि सक्छन्।

लेख्दै गर्दा कतिपय अक्षरले तल्लो भागमा धेरै ठाउँ ओगटेको हुन्छ भने कतिपय अक्षरले माथिल्लो भागमा वा कतिपयले बीचको भागमा धेरै क्षेत्रफल ओगटेको हुन्छ। राम्रो अक्षर बनाउन चाहनेले यी सबै विषयमा गम्भीर भएर सोच्नुपर्छ।

अक्षरभित्रको ठाउँ

हामीले लेख्ने अक्षरभित्र पनि फरक ठाउँ (स्पेस) हुन्छ। कुन अक्षरले कति स्पेस लिएको छ भन्ने कुरा लेख्ने क्रममा थाहा हुन्छ। यस्तो विषयको ज्ञान विशेष गरी अक्षर लेख्न सिकाउनेसँग बढी हुन्छ। स्पेस ख्याल गरेर लेख्न जान्ने हो भने हरेक अक्षरले आफ्नो आकार आफैं बनाउँदै जान्छ।

अक्षरको ढल्काइ

हामीले लेख्ने अक्षर कतापट्टि ढल्केको छ भन्ने पक्षले पनि यसको सुन्दरतालाई प्रभावित पारेको हुन्छ। देवनागरी र रोमन लिपिमा लेखाइलाई सीधा र दायाँ ढल्काएर लेखिन्छ। यो नै सुन्दर पक्ष हो। तर, कतिपयले नेपाली भाषालाई पनि देब्रे ढल्काएर लेखेको पाइन्छ। यसले अक्षरलाई सुन्दरता दिँदैन। यसले अक्षरलाई हेर्दैमा नराम्रो देखिन्छ। त्यसैले सकेसम्म अक्षरलाई सीधा र नसके दायाँपट्टि ढल्काएर लेख्दा राम्रो हुन्छ।

कपालीले यस्तो कला सिक्न चाहने हरेकलाई चार तह (लेभल)को कक्षा प्रदान गरिरहेका छन्। हरेक लेभलमा अधिकतम १६ देखि १८ घण्टाको कक्षा हुन्छ। एक दिनमा सामान्यतया एक घण्टा सिकाइन्छ। विशेष कारणले १६ दिन नै आउन नसक्ने व्यक्तिले एकै दिनमा दुई तीन घण्टा सिकेर १६ घण्टाको प्याकेज १० घण्टामा झार्न पनि सक्छन्। कपालीले कक्षा ३ देखि १० सम्मका विद्यार्थीलाई लक्ष्य गरेर यो कक्षा सञ्चालन गरिरहे पनि नेपाल सरकारको उच्च तहमा रहेर काम गरिरहेका व्यक्तिलाई पनि सिकाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.