राष्ट्रपति रनिङ शिल्डको उपाधि नागार्जुन माविलाई
बैतडी : बैतडीको शिवनाथ गाउँपालिकामा गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नागार्जुन मावि शर्माली राष्ट्रपति रनिङ शिल्ड हात पारेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए।
यस्तै छात्रछात्रा भलिबल दुवैतर्फ उदयदेव मावि कफाडीले उपाधि जितेको छ भने छात्र तर्फ हीरापुर मावि बसेडीभ्वाँ र छात्रा तर्फ नागार्जुन मावि शर्माली द्वितीय भएका छन्।
यसैगरी एथेलेटिक्स तर्फ नागार्जुन मावि शर्मालीले उपाधि हात पारेको छ भने उदयदेव मावि कफाडी र पिपलकोट मावि लोजनी दोश्रो भएका छन्।एथलेटिक्स तर्फ एकसय मिटर,२ सय मिटर दौड, हाइजम्प, लङजम्प, सटफुट, त्रिपलजम्व लगायतका खेल समावेश गरिएका थिए । प्रतियोगिताका विजेताहरुलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।
स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष साउँदले बताए। उनले भने, 'हामीले गाउँपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।'यही वैशाख ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकास्थित ४ वटा माविको सहभागिता रहेको थियो।