पूर्व-पश्चिम-उत्तार-दक्षिण मन
यो मन ढुंगा भए
मनै मनका घर हुन्थे
अनि मूर्ति पनि
अनि ढाडमा बालखा बोकेर
एउटी महिलाले
दिनभर मन कुट्थिन्
हिँड्दा हिँड्दै
मनमा ठेस लाग्थ्यो
छाप्रोको छाना उडाउला कि भनेर
पातालाई मनले थिच्थे
आन्दोलनमा मन प्रहार हुन्थे
मनभन्दा बढी शरीर के दुख्थ्यो र ?
डरमा अनि आक्रोशमा
च्याप्प मन समाउँथे मुठ्ठीमा
रित्तो बगरमा मनै मनको थुप्रो हुन्थ्यो
पूर्व मन
पश्चिम मन
उत्तर मन
दक्षिण मन
यो मन ढुंगा भए
बढी के नै हुन्थ्यो र ?
एक्लोपना
कति एक्लो छ राज
आफ्नो हात
आफैंले समाउँछ।
@RajBallav