गोलमेच सम्मेलन सुरु

गोलमेच सम्मेलन सुरु

नेपालसँग सम्बन्धित नेपाल चीन सीमापार रेल मार्ग परियोजा र हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालजस्ता केही महत्वपूर्ण विषयहरु उक्त घोषणा पत्रमा समेटिने


बेइजिङ : दोस्रो बीआरआई सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख र विशिष्ट प्रतिनिधिबीच शनिबार बेइजिङको उत्तरपूर्वी भागमा अवस्थित यान्छी ताल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गोलमेच सुम्मेलन सुरु भएको छ।

बिहानै राष्ट्राध्यक्ष सी चिनफिङले अतिथीको सम्मानमा स्वागत समारोह आयोजना गरेका हुन्। योसँगै शीर्षस्थ नेताहरूको गोलमेच सम्मेलन पनि सुरु भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी कोे अध्यक्षतामा हुने उक्त सम्मेलनमा विश्वका नेताहरूबीच बेल्ट एण्ड रोड सहकार्यसम्बन्धमा बहस चलिरहेको छ। नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमत्री माधवकुमार नेपाल सहित सहभागि छन्।

आज अपरान्ह यहाँ आयोजना हुने तेस्रो सत्रको गोलमेच सम्मेलनअन्तर्गत यूएन २०३० एजेण्डा कार्यान्वयनका लागि हरित तथा दीगो विकासको प्रबद्र्धन विषयक गोलमेच सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ। गोलमेच सम्मेलनको समाप्तिसँगै संयुक्त विज्ञप्ती जारी हुनेछ। नेपालसँग सम्बन्धित नेपाल चीन सीमापार रेल मार्ग परियोजा र हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालजस्ता केही महत्वपूर्ण विषयहरु उक्त घोषणा पत्रमा समेटिने स्रोतले जनाएको छ। तेस्रो सत्रमा सहभागी भएपछि राष्ट्रपति भण्डारी नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक भइ चीनमा रहेका नेपालीहरुसँग भेटघाटको कार्यक्रम रहेको छ।

शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआई उच्चस्तरीय वार्तामा नेपाली भाषामा सम्बोधन गरेपछि साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा आयोजित रात्रीभोजमा सरीक भएकी थिइन। उक्त दोस्रो बीआरआई सम्मेलनमा सहभागी हुनआएका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख तथा विशिष्ट अतिथिका लागि आयोजित स्वागत रात्रीभोजको क्रममा टोस्ट गर्दै चिनियाँ राष्ट्राध्यक्ष सीले संयुक्त रुपमा बेल्ट एण्ड रोड ईनिसिएटिभको सहनिर्माण एउटा सुन्दर समृद्ध विश्वका लागि भएको र आममानिस सुन्दर भविष्यको हकदार भएको बताउँदै विश्वस्त रहन आग्रह गरका छन्।

उनले आफ्नो सम्बोधनमा चीन तथा अन्य राष्ट्रहरूबीच साझा हित तथा मित्रतामा चीनको प्रतिबद्धता रहेको बताए। सीले बीआरआईको प्राथमिक चरणको उपलब्धिको सहविकासका क्रममा कठिनाइ तथा व्यवधानहरू देखिएको र त्यसलाई साझेदारीको भावनाबाट पार गर्नसकिएको भन्दै प्राप्त सफलताको सराहना गर्दै सबैलाई यस मिसनमा खरो उत्रन तथा दृढ संकल्पको साथमा अघि बढ्न पनि आव्हान गरे। उक्त रात्रीभोजमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेल तथा उच्च पदस्थ सरकारी कर्मचारी पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.