कर्णाली प्रिमियर लिग : कर्णाली–११ को दोस्रो जित

कर्णाली प्रिमियर लिग : कर्णाली–११ को दोस्रो जित

सुर्खेत : सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिग–२ मा कर्णाली ११ ले दोस्रो जित निकालेको छ । उद्घाटन खेलमा झापाको लालीगुराँसलाई पराजित गरी जितको सुरुवात गरेको कर्णालीले शनिबार मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरलाई३१ रनले हराउँदै दोस्रो जित दर्ता गरेको हो । दास्रो जित निकालेसँगै कर्णाली ११ ले सेमिफाइनलको यात्रा बलियो बनाएको छ ।

    टस जितेर ब्याटिङ गरेको कर्णाली–११ ले २० ओभरमा ४ विकेट गुमाए १४८ रनको योगफल तयार गरको थियो । १४९ रनको लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिम क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

    मध्यपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली–११ का लागि कृष्ण कार्कीले सर्वाधिक ३ विकेट  लिए भने किशोर महतोले २ विकेट लिए । कृष्णले ४ ओभरमा एक मेडन ओभरसहित ११ रन मात्र खर्चिए । जितेंर सिंह ठकुरी र ललित प्याकुरेलले १–१ विकेट लिए ।

    
मध्यपश्चिमका लागि शैलेन्द्र यादवले सवार्धिक ३१ रन बनाए । त्यसै गरी राजबिर सिंहले ३० तथा आकाश विष्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन । ‘प्लेयर अफ द म्याच’ कृष्ण कार्की चुनिए ।
    
पहिले ब्याटिङ गरेको कर्णाली–११ का लागि कप्तान रविन्द्रजंग शाहीले अविजित ६१ रन जोडे । यू–१९ राष्ट्रिय टेलीबाट खेलिसकेका शाहीले ५६ बलमा ६ चौका प्रहार गरे । यस्तै कृष्ण कार्कीले आक्रामक इनिङ खेल्दै २७ बलमा अविजित ४६ रन बनाए  कार्कीले ४ चौका र २ छक्का प्रहार गरे । लोकेस बमले १७ रनको योगफल दिए । 

    ७९ रनमा चौथो विकेट गुमेपछि रविन्द्र र कृष्णले पाँचौ विकेटका लागि ६९ रनको साझेदारी गरी टोलीको स्कोर उकासेका थिए । मध्यपश्चिमका लागि तुल्सीराम अहिनले २ विकेट तथा अमित तामाङ र अजय शाहनीले १–१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.