कर्णालीका योजनामन्त्री भन्छन् : १ करोड भन्दा साना योजना बन्द गरिन्छ !
मुगु : चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा प्रदेश सरकारले टुक्रे योजना दिएको आलोचना आएपछि आगामी आर्थिक वर्षमा यस्ता योजनालाई नियन्त्रण गरिने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
शनिबार मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग मन्त्री ज्वालाले यस्तो बताएका हुन् । मन्त्री ज्वालाले आगमी आर्थिक वर्षको सुरुदेखि भएका कमजोरीलाई सच्याउँदै १ करोड भन्दा कमका टुक्रे योजना दिने काम पूर्ण रुपमा बन्द हुने ठोकुवा गरे ।
चालु आर्थिक वर्षमा विभिन्न कानून, कार्यविधि तथा निर्देशिकाबारे संघीय, प्रदेश र स्थानीय सरकार बीच अन्योल रहेकाले चालु आर्थिक वर्षमा विकास बजेट खर्चको अवस्था निराश देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म बजेट उत्साहजनक रुपमा खर्च हुने मन्त्री ज्वालाको भनाइ छ ।
साथै समानिकण अनुदानलाई ४० करोडबाट १ अर्ब पु¥याउने, समपुरक बजेट ६० करोडबाट ८२ करोड बनाउने लक्ष्य रहेको पनि मन्त्री ज्वालाले बताएका छन् ।