कांग्रेसमा गुट प्रभाव : पौडेल र कोइराला उपस्थित सभालाई देउवाले गरे बहिष्कार

कांग्रेसमा गुट प्रभाव : पौडेल र कोइराला उपस्थित सभालाई देउवाले गरे बहिष्कार

गौर : रौतहटको राजपुर नगरपालिकामा कांग्रेसले शनिबार आमसभा आयोजना गर्‍यो। एकसाता अघिदेखि आमसभामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला आउने प्रचार गरिएको थियो। तर, सभामा देउवा आएनन्। प्रमुख वक्ता देउवालाई सुन्न आएका नेता–कार्यकर्ता निराश हुँदै फर्के।

केन्द्रीय नेतालाई स्वागत गर्न बनाइएको द्वारमा तीनै जना नेताको तस्बिर राखिएको थियो। सभापति देउवाको समय मिलाएरै कार्यक्रम तय भएको थियो। ‘प्लेन टिकट समेत काटिएको थियो, तर उहाँ आउनु भएन’, एक कांग्रेसी नेताले भने, ‘प्लेन टिकट शनिबार बिहानसम्म पनि रद्ध गरिएको थिएन।’

‘तीन नेतालाई एउटै मञ्चमा राखेर कांग्रेस भित्रको विवाद अन्त्य भएको सन्देश दिने उद्देश्यले कार्यक्रम राखिएको थियो, तर सभापति देउवा आउनु भएन। देउवाको यो कदमले मधेसमा कांग्रेसलाई नै घाटा हुन्छ’, रौतहटका एक जिल्ला स्तरीय नेताले भने।

विशाल आमसभा भनिए पनि रौतहट जिल्ला सभापति कृष्णप्रसाद यादव तथा उनी पक्षधर नेता–कार्यकर्ता कार्यक्रममा सहभागी भएनन्। रौतहट कांग्रेस जिल्ला सभापति यादव र सांसद मो.अफ्ताव आलमको अलग अलग गुटमा विभाजित छ। जिल्ला कार्यसमितिलाई बाइपास गरिएकाले कार्यक्रममा सहभागी नभएको सभापति यादवले प्रतिक्रिया दिए।

नेता रामकृष्ण ताम्राकारको निधनमा पार्टीले १३ दिनसम्म शोक मनाउने निर्णय गरेकाले पार्टी निर्णय विपरीत हुने देखेपछि कार्यक्रममा नगएको उनले जानकारी दिए।

जिल्ला सभापति यादवले भने ‘आमसभा जिल्ला कमिटीको निर्णयमा आयोजना हुनुपर्छ। क्षेत्रले गरेको कार्यक्रम आधिकारिक होइन।’

आमसभामा महामन्त्री डा.शशांक कोइरालाले पार्टी एक भए अर्को चुनावमा ठूलो पार्टी बन्ने दाबी गरे। कांग्रेसलाई एक बनाउन कार्यकर्ता लाग्नु पर्नेमा उनले जोड दिए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ ढंगबाट पार्टीलाई लैजानु पर्ने, आफैँ भित्र सत्यको खोजी गर्नुपर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.