कारागारमा स्वास्थ्य शिविर
कालिकोट : जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्ला कारागार कालिकोटमा मानसिक स्वास्थ्य शिविर संचालन गरिएको छ। जिल्ला स्ववास्थ्य कार्यालयको आयोजना तथा जिल्ला अस्पताल कालिकोटको प्राविधिक सहयोगमा जिल्ला कारागार कालिकोटमा मानसिक स्वास्थ्यसम्बन्धी एकदिने निशुल्कक स्वास्थ्य शिविर संचालन गरिएको हो।
जिल्ला अस्पताल कालिकोटमा कार्यरत एमडिजीपी डा. विज्ञान प्रजापती, मेडिकल अधिकृत डा. बिष्णुप्रसाद श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयमा निमित्त प्रमुख कटकबहादुर महतलगायतका स्वास्थ्यकर्मीको सहभागीतामा जिल्ला कारागारमा रहेका ६० जना कैदी बन्दीको निशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरणका साथै मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा दिइएको सिअहेव हेमराज बमले जानकारी दिए।
उनका अनुसार शनिबार जिल्ला कारागारमा संचालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा ५४ जना पुरुष तथा ६ जना महिला कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम फोकल प्रशन बमका अनुसार कारागारका अधिकांश कैदीबन्दीमा सामान्य डिप्रेसन, ग्यास्ट्रिक, शरीर दुख्नेलगायतका समस्या रहेको थियो। उनले भने, 'जिल्ला स्वास्थ्य कार्यालयको कार्यक्रम अनुसार नै मुख्य रुपमा मानसिक समस्यालाई लक्षित गरी शिविरको आयोजना गरिएको हो।शिविरमा बिरामीलाई आवश्यक औषधि र परामर्श सेवा दिइएको हो।