आरसीबीलाई पराजित गर्दै दिल्ली क्यापिटल आईपीएलको शीर्ष स्थानमा

आरसीबीलाई पराजित गर्दै दिल्ली क्यापिटल आईपीएलको शीर्ष स्थानमा

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटल विजयी भएको छ । रोयल च्यालेन्जर्स  बैंगलोर (आरसीबी)माथि दिल्लीले १६ रनकाे जित निकाल्दै दिल्ली आईपीएलको शीर्ष स्थानमा पुगेको छ । 

दिल्लीको जितका लागि अमित मिश्रा र कासिगो रबड्डाले उत्कृष्ट बलिङ गरे । मिश्रा र रबड्डाले दुईदुई विकेट लिए । 

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। अयरले ३७ बलमा ५२ रन बनाए भने धवनले समान ३७ बलमै ५० रन बनाए । अन्य ब्याट्सम्यानले मध्यम स्तरको ब्याटिङ गरे। दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८७ रन बनाएको थियो । दिल्लीले अन्तिम दुई ओभरमा ३६ रन जोडेको थियो । 

१८८ रनको लक्ष्य पछ्याएको आरसीबी पूरै २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १७१ मा समेटियाे ।  यो जितसँगै दिल्ली १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । 

दिल्लीको यो जितले  शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्स १२ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।  मुम्बई इन्डियन्स ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा झरेको छ। 

अंक तालिकाको चौथो स्थानमा सनराइजर्स हैदरावाद छ। उसले ११ खेलबाट १० अंक बनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.