मन्थलीमा बसको ढोकाबाट खस्दा एकको मृत्यु

मन्थलीमा बसको ढोकाबाट खस्दा एकको मृत्यु

रामेछाप : मन्थली नगरपालिका वडा नं. २ लिपेखोलामा बसबाट खस्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आइतबार दोलखाबाट रामेछापको सदरमुकामतर्फ आउँदै गरेको बा.३ ख ३२६१ नम्बरको अरनिको यातायातको बसको ढोकाबाट खस्दा मन्थली वडा नं. २ टेकनपुरकी २२ वर्षीय सुमित्रा कार्कीको ज्यान गएको हो । 

ढोकाबाट खसेकी कार्कीलाई गाडी गुड्ने क्रममा ठक्कर दिएको थियो । घटनास्थलमा गम्भीर घाइते भएकी उनलाई मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी १६ वर्षीय मनिषा कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.