हुम्ला ताँजाकोटमा मौसमी फ्लूबाट मृत्यु हुनेको संख्या १० पुग्यो
सुर्खेत : हुम्लाको ताँजाकोटमा मौसमी फ्लू मृत्यु हुनेको संख्या 10 पुग्यो। सोमबार बिहान थप एक जनाको मृत्यु भएको छ । ताजाकोट वडा नम्बर ५ भदौरा गाउँकी ६२ वर्षकी पवित्रा बोहोराको मृत्यु भएको स्वास्थ चौकीका अहेब मोतिलाल जैसीले जानकारी दिए ।
मौसमी फ्लूले पुरै गाउँपालिका चपेटामा परेको छ। आइतबार मात्रै औसधिसहित चिकित्सकको टोली प्रभावित स्थलमा पुगेको छ। वडा नम्बर ५ मा नयाँ संक्रमण देखिएको हो।
मौसमी फ्लूबाट बिरामीको मृत्यु हुन थालेको ३ सातामा १० जनाको मृत्यु भएको हो।गाउँ नै संक्रमणको चपेटामा आएको जानकारी शनिबार मात्र पाएको प्रदेश सरकारले आइतबार प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत डाक्टर र औषधि पुर्याएको थियो ।