एनसेलको ‘कल आयो पैसा पायो’ अफर

एनसेलको ‘कल आयो पैसा पायो’ अफर

काठमाडौं : एनसेलले कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकले रुचाएको अफर ‘कल आयो पैसा पायो’ लाई यो वर्ष पनि निरन्तरता दिएको छ। यस योजनाअन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट दुई रुपैयाँ बोनस प्राप्त गर्नेछन्। यो अफर सोमबारबाट लागू भई तीन महिनासम्म जारी रहनेछ।

एनसेलका ग्राहकले विदेशबाट आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि १० मिनेटसम्म प्रत्येक मिनेटको दुई रुपैयाँको दरले बोनस पाउनेछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्।

यसरी प्राप्त बोनस सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन्। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन्। ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्नेछन्। बोनसका साथै अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन्।

योजना अवधिभर प्रत्येक हप्ता १० ग्राहकले १÷१ थान स्मार्टफोन पाउनेछन्। एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समयअनुसार विजेताको छनोट गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार परिवारका सदस्य, आफन्त र साथीभाइ विदेशमा रहेका र उनीहरूसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप मुल्य प्रदान गर्दै यो आकर्षक योजना ल्याएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.