अस्ताए संगीतकार विजु बज्राचार्य

अस्ताए संगीतकार विजु बज्राचार्य

विस्तारै छायो आखामा अध्यारो 

आवाज मधुरो
सुस्तरि सास हुदै थियो फितलो ।
लिन मलाइ कोहि आइरहेछ
हात बढाइरहेछ
सधै सधैको लागी अर्कै लोकमा वोलाइरहेछ । 

आफ्नो जीवनकालमा नै मृत्युको कल्पना गरेर लेखिएको यो गीतको शब्दले भनेजस्तै संगीतकार बिजु बज्राचार्य अर्कै लोकमा गइसकेका छन् । नरेश रेग्मीको शब्दमा रहेको विस्तारै छायो आँखामा अँध्यारो बोलको यो गीतलाई जीवन्त बनाउने संगीतकार हुन् विजु बज्राचार्य । 

नेपाली संगीतका बरिष्ठ संगीतकार विजु बज्राचायको आइतबार निधन भएको छ ।ह्रदयघात भएपछि आइतबार बिहान ११ बजे अस्पताल लैजाँदै गर्दा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।  २०२७ सालमा गुल्मीको वामिटक्सारमा जन्मिएका बज्राचाय नेपाली संगीतका दरिलो खम्बा थिए । 

अन्तिम श्रद्धाञ्जलीको लागगि उनको पार्थिक शरीरलाई पशुपति आर्यघाटमा राखिएको छ । संगीतकर्ममा साधनारत् बज्राचायले अनामनगरमा बज्र स्टुडियो सञ्चालन गर्दै आएका थिए । उनले संगीत भरेका बिस्तारै छायो आँखामा..., तिमी म भन्दा कोसौं टाढा छौ.., मै ठूली भैछुरे..., कुन रंगको कमि थियो र?.. गीतहरु चर्चित छन् । उनले कोलाज, कन्फयूज, बलेसी, सिखा ल्याप्चे, प्रेमपत्रलगायतका दशवटा एल्वम निकालेका छन्।यी एल्वमहरुमा बज्राचायको एकल संगीत रहेको छ। 

बज्राचायको सांगीतिक योगदानको चर्चा गर्दै सहकर्मी संगीतकार राजु सिंहले बज्राचायको निधनले नेपाली संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। यसका साथै सिंहले नेपाली संगीतमा भर्सटायल टोन ल्याउनका  बज्राचायको विशेष योगदान रहेको जानकारी दिए।

नया प्रतिभालाई सपना देख्ने बनाउने र अवसर दिने मामिलामा बज्राचार्य सधैं अगाडी थिए । हरेक गीत खोजमूलक हुनुपर्छ र गीतले समय सापेक्ष मेलोडी फेर्नुपर्छ भन्नेमा सधैं सजग बज्राचार्य संगीतकार आफ्नै काम र पहिचानमा बाच्नुपर्छ भन्नेमा अडिग थिए । बज्राचायले संगीत रोयल्टी संकलन समाजमा रहेर संगीतकारहरुको हकहितका लागिसमेत निकै योगदान पुर्‍एका थिए। सिंहकाअनुसार बज्राचायले नेपाली संगीतलाई नाच्ने र बाच्ने बनाउनका लागि विशेष काम गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.