नेकपाको सचिवालय बैठक बालुवाटारमा, पोलिटब्यूरो गठन मुख्य एजेन्डा
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।सोमबार बिहान साढे ९ बाट सुरु भएको बैठकमा पार्टीको र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको एजेण्डामा छलफल भइरहेको छ ।
४४१ सदस्यीय केन्द्रीय समितिको एक तिहाई अर्थात १४७ जनाको पोलिटब्यूरो बनाउने नेकपाको तयारी छ। जसमा पूर्व एमालेलाई ८१ र पूर्व माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति भइसकेको छ।
एमालेका विगत पार्टीमै रहेका ६१ जना नेता स्वत पर्छन् । थप २० जना नयाँ लगिने भएको छ । त्यसका लागि दुई कार्यकाल केन्द्रीय सदस्य भएका र वरिष्ठबाट छान्ने मापदण्ड बनाइएको छ।माओवादीवाट भने अहिले नेकपामा रहेका १९ स्थायी समिति सदस्य स्वत पर्छन् । बाँकी ४७ मा नयाँ अनुहार लगिने छ ।
माओवादीतर्फबाट विगत पार्टीको सचिवालयमा रहेका र एकताका क्रममा आएका नेताहरुलाई मिलाएर पठाउने तयारी गरिएको छ । दुवै समूहले आ–आफनो भागमा परेको संख्यामा नाम छनौट गरेर अहिले सचिवालयमा छलफल गरिरहेका छन् ।
जनवर्गीय संगठनको एकता, उपत्यका विशेष प्रदेशको गठनलगायतका काम नेकपाले टुंग्याउन सकेको छैन् ।