अभिनेत्री स्वेता खड्काले गराइन् ट्युमरको शल्यक्रिया
![अभिनेत्री स्वेता खड्काले गराइन् ट्युमरको शल्यक्रिया](https://annapurnapost.prixacdn.net/media/albums/sweta-khadka_20190429080722_uUpLN00SxN.jpg)
काठमाडौं : अभिनेत्री स्वेता खड्काको घाँटीमा पलाएको ट्युमरको शल्यक्रिया गरिएको छ। रोबोटिक सर्जरीको माध्यमबाट बायाँ कानको तल्लो भागमा बढेको ट्युमरको शल्यक्रिया भएको हो।
वरिष्ठ शल्यचिकित्सक डा. सुरेन्द्रकुमार दिवसले आफ्नो शल्यक्रिया गरेको अभिनेत्री स्वेताले बताइन्। उनले बीएलके अस्पताल नयाँदिल्लीमा शल्यक्रिया गरिएको सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएकी छिन्।
‘हेलो जिन्दगी’ फिल्मको छयाङ्कनका क्रममा लन्डन पुगेकी खडकालाई ज्वरो समेत आएको थियो । त्यस्तै घाँटीमाथि र चिउँडो नजिकैको भागमा दुखाई बढेपछि परीक्षण गराएकी थिइन।टयुमर भएको र तत्काल शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएपछि उनी लन्डन बसाईलाई छोट्याउँदै शल्यक्रियाका लागि नयाँ दिल्ली गएकी थिइन्। शल्यक्रियापछि आफूले दोस्रो जिन्दगी पाएको उनले उल्लेख गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)