सेनाले मात्र प्रयोग गर्ने अत्याधुनिक हतियार खोलामा भेटियो

सेनाले मात्र प्रयोग गर्ने अत्याधुनिक हतियार खोलामा भेटियो

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी–बक्राहा खोलामा नेपाली सेनाले मात्रै सञ्चालनको अनुमति पाएको अत्याधुनिक हतियार भेटिएको छ। अमेरिकामा बनेको एम १६ ए टु हतियार राईफल आइतबार राती फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

हतियारमा प्रोपर्टी अफ युएस गभरमेन्ट लेखिएको छ। डीएसपी श्रेष्ठले क्यालिवर ५.५६ एमएमको हतियारको नम्बर ७४६२५६२ रहेको र इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याएर राखिएको जनाए। उनका अनुसार माटोमुनि पुरिएको अवस्थामा फेला परेको हतियारका सबै जसो पार्टपूर्जाहरु काम नलाग्ने र सडेको अवस्थामा छन्। 

प्रहरीले थोत्रो अवस्थामा फेला परेका कारण हतियार धेरै पहिलेदेखि माटोमा पुरिएको हुन सक्ने अनुमान गरेको छ। नुनसरी–बक्राहा खोलामा को १ क २४९० नम्बरको जेसिबीले उत्खनन गरेर बालुवा र माटो निकाल्दै गर्दा पुरिएको अवस्थामा हतियार फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको थियो। यो वातावरणीय प्रभाव मूल्यांकन गरेर उत्खनन् अनुमति दिइएको खोला हो। 

अत्याधुनिक हतियार फेला परेपछि विस्तृत रुपमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए। उनका अनुसार हतियारसहित म्यागजिन र त्यसमा लोड हुने पाँच राउण्ड गोली फेला परेको छ। द्वन्द्वकालमा सेनाले नेपालमा भित्र्याएको हतियार माओवादीले त्यही बेला सेनाबाट खोसेर आफ्नो प्रयोजनका लागि लगेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। हतियार कसरी त्यहाँ पुगेको हो भन्ने बारेमा अनुसन्धान सकिएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ। 

‘सेना बाहेक अन्य सुरक्षा निकायले प्रयोग नै गर्न नपाउने यसलाई घातक हतियारका रुपमा लिइन्छ,’ केसीले भने, ‘यस प्रकारको हतियार द्वन्द्वकालमा अमेरिकाबाट खरिद गरेर नेपाल भित्र्याइएको खुलेको छ।’ 

यो हतियारले चालु अवस्थामा रहँदा ८ सय मिटरसम्मको दूरीलाई ‘टार्गेट हिट’ गर्न सक्ने बताइएको छ। नेपाली सेना बाहेक अरुसँग हुनै नसक्ने हतियार भेटिएपछि सेनाले पनि आफ्नै किसिमले अनुसन्धान सुरु गरिएको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.