बालिका बलात्कार आरोपमा दुई पक्राउ

बालिका बलात्कार आरोपमा दुई पक्राउ

भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले दुई बालिकालाई ललाईफकाई गेस्ट हाउसमा लगेर जबरजस्ती गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। 

पीडित बालिकाको उजुरीको आधारमा प्रहरीले काभ्रेको रोशी गाउँपालिका ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने १९ वर्षीय विशाल तामाङ र भक्तपुर नपा १० कै मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकारलाई नियन्त्रणमा लिएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले पीडित बालिकाले वैशाख १३ गते भक्तपुरको कमलविनायकस्थित एक गेस्ट हाउसमा लागेर आफूलाई जबरजस्ती करणी गरेको भनी आइतबार प्रहरीकहाँ किटानी जाहेरी दिएको जानकारी दिए।

सोही किटानी जाहेरीको आधारमा आइतबार राति तामाङ र शिल्पकारलाई नियन्त्रणमा लिइएको उनले बताए।

उनका अनुसार रामेछाप स्थायी घर भइ हाल भक्तपुरमा बस्दै आएका १४ वर्षीया दुई बालिकालाई ललाईफकाई वैशाख १३ गते अपरान्ह १ बजे गेस्ट हाउस लगेका थिए। 

सोही गेस्ट हाउसमा तामाङ र शिल्पकारले दुई बालिकामाथि बलात्कार गरेको जाहेरी परेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवैजनालाई जिल्ला अदालत भक्तपुरमा करणीसम्बन्धी कसुरमा मुद्दामा पेस गरी म्याद थप भई थप अनुसन्धान भइरहेको बताएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.