झुण्डिएको अवस्थामा बालिकाको शव भेटियो
भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिका ७ धुन्चेपाखामा सोमबार एक बालिका झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन्।
भक्तपुर प्रहरीका अनुसार स्थानीय तिलक थापामगरको साढे दुई तल्ले घरको भुई तल्लामा डेरा गरी बस्ने धनकुटा पाख्रिबास नपा ७ घर भएका जीतबहादुर तामाङको १४ वर्षीया छोरी मनिका तामाङ झुण्डिएर मृत अवस्थामा फेला परेकी हुन्।
भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार तामाङ कोठाको झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेकी छन्।
जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी लास पोस्टमार्टमको लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।
उनका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ।