मुख्यमन्त्री पुगेकै बेला रोल्पामा बम विस्फोट

मुख्यमन्त्री पुगेकै बेला रोल्पामा बम विस्फोट

रोल्पा : रोल्पाको सदरमुकाम लिबाङ नजिकै बम विस्फोट भएको छ। प्रदेश–५का मुख्यमन्त्री शंकर पोखरेल सदरमुकाम आएका बेला सोमबार दिउँसो बजारदेखि पाल्लो पखेरास्थित गहुँबारीमा बम विस्फोटन भएको हो। 

रोल्पा नगरपालिका–४ रुन्टाबाङ र तित्रिकोट गाउँको बिच जंगल क्षेत्रमा विस्फोट भएको स्थानीयले बताएका छन्। विस्फोटपछि धुवा र धुलो उडेको थियो। विस्फोट लगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार विस्फोट गरिएको क्षेत्रमा ठूलो खाल्डो परेको छ।

स्टिलको कित्लीमा बारुद राखेर विस्फोट गराइएको प्रहरीले जनाएको छ। विस्फोट भएको क्षेत्र वरीपरी कित्लीको ढकन, विद्युतिय तार र स्टिलका टुक्रा फेला परेको समेत प्रहरीले जनाएको हो। जंगल क्षेत्रको गहुँबारीमा विस्फोट भएकाले अन्य क्षति हुन पाएन। 

मुख्यमन्त्रीमा भएपछि पोखरेल रोल्पामा पहिलो पटक आएका हुन्। सत्ताधारी नेकपाका नेता एवं मुख्यमन्त्री पोखरेलको आगमनप्रति असुन्तुष्टि जनाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विस्फोट गराएको हुनसक्ने प्रहरीको आंकलन छ । यद्यपी, विप्लव नेकपाले भने अहलिेसम्म घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन। 

रोल्पा उद्योग वाणिज्यसंघको हलमा आयोजना अगुवा कार्यकर्ताको राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पोखरेल हलतिर जाँदै गर्दा पारी जंगलमा विस्फोटको आवाज आएको हो। विष्फोट बजारदेखि टाढा भएकाले शान्तिपुर्ण रुपमा नै हलमा प्रशिक्षण चलेको जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.