मेनुका मृत्यु प्रकरण : 'हत्या गरिएको भनेर बदनाम गराइयो'

मेनुका मृत्यु प्रकरण : 'हत्या गरिएको भनेर बदनाम गराइयो'

धादिङ : विष सेवन गरेर मृत्यु भएकी महिलाको परिवारबाटै हत्या भएको भनेर आरोप लगाएकोप्रति घरपरिवारले आपत्ती जनाएको छ। गएको वैशाख ७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- ७ की मेनुका न्यौपानेले विष सेवन गरेर मृत्यु भएको समाचार बाहिर आएको थियो।घटनापछि मेनुकाको माइती पक्षले घर परिवारले नै कुटपिट गरेर हत्या गरी विष खुवाइएको आरोप लगाएका थिए। 

घटनाको ११ दिनपछि सम्पर्कमा आएका मृतक मेनुकाका श्रीमान् रुपेश ढुङगानाले आफू गाउँमा काजक्रियामा रहेका बेला  एकतर्फी समाचार आएकोप्रति आपत्ति जनाउँदै निष्पक्ष छानविनको माग गरेका छन्।

उनले भने, 'जुन रुपमा कुटपिट गरेर हत्या गरिएको भन्ने आरोप हामीलाई लगाइएको छ, त्यसमा कुनैपनि सत्यता छैन, म र मेरो परिवारलाई बदनाम गराउने काम भएको छ, यो विषयमा क-कसले छानविन गर्नुपर्छ, निष्पक्ष छानविन होस्।'

प्रहरी चौकी नजिकै घटना भएकाले विष सेवन गरेपछि घटनास्थलमा सबैभन्दा पहिले प्रहरी पुगेको ढुङगानाले बताए। कडा खाले विष सेवन गरेका कारण रगत नै वान्ता गरेको र शरीर सुन्निएको देखिएकाले आफू घरमै नभएको दिन कुटपिट गरेर हत्या गरेको भन्ने आरोप निराधार रहेको ढुङगानाको तर्क छ।'घटना भएको दिन म घरमा छैन,' ढुङगानाले भने, 'दाइजो लगायतका कुरा जोडेर घटनालाई अतिरन्जित गरिएको र झुटा आरोप लगाउने काम भएको छ, म र मेरो परिवारको बदनाम गराउने काम भएकाले निष्पक्ष छानविन गर्न प्रहरी प्रशासनलाई अनुरोध छ।'

नुवाकोट किस्पाङ गाउँपालिका- २ की मेनुका न्यौपानेको गत माघ २३ गते ढुङगानासँग मागी विवाह भएको थियो। गत वैशाख ७ गते मेनुकाले विष सेवन गरेर आत्महत्या गरको खबर बाहिर आएपछि माइती पक्षले घरपरिवारले नै कुटपिट गरेर विष खुवाएको आरोप लगाउँदै आएका छन्। 

जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारका अनुसार मेनुकाको माइती पक्षको जाहेरी लिएर घटनाको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताए।उनले भने, 'मृतकको शव भिसेरा परीक्षणका लागि नमूना काठमाडौं पठाइएको छ, रिपोर्ट आएपछि मात्रै थप कामकारवाही प्रक्रिया अघि बढ्छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.