डीएसपी ढुंगेलमाथि छानबिन

डीएसपी ढुंगेलमाथि छानबिन

काठमाडौं : डकैत समूहसँग टेलिफोन सम्पर्कमा देखिएपछि नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेलमाथि प्रहरी मुख्यालयले छानबिन थालेको छ । मुख्यालयले महानगरीय प्रहरी अपराध महाशाखालाई विस्तृत छानबिन गर्न निर्देशन दिएको हो ।

गृहसचिव प्रेमकुमार राईले आईजी सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत छानबिन गर्न निर्देशन दिएका थिए । आईजी सचिवालयका डीआईजी विनोद शर्मा घिमिरेले भने, ‘जे घटना बाहिर आएको छ । त्यसको छानबिन हुन्छ, आईजीपी सापको पनि गम्भीर ध्यानाकर्षण भएको छ । महाशाखालाई नै छानबिन गर्न निर्देशन दिएका छौं ।’ रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डाका गरेको समूहका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पनि पठाएका थिए । श्रेष्ठले प्रहरी बयानमा जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट नै गरेको दाबी गरेका छन् ।

स्रोतका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसँग समेत ढुंगेलको निरन्तर संवाद हुँदै आएको रहस्य खुलेको छ । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् । अनुसन्धान अधिकारीले बस्न्यात–ढुंगेल फोन सम्वादको अडियो सुरक्षित राखेका छन् । ‘बस्न्यात र ढुंगेल आफन्त हुन् ।

आफन्त भए पनि कर्तव्य ज्यान मुद्दाका अभियुक्तसँग पटकपटक सम्पर्क देखिनु शंकास्पद छ’, एक अनुसन्धान अधिकृतले भने, ‘यसबारे पनि छानबिन गरिरहेका छौं ।’ बस्न्यात र ढुंगेलबीच १ सय ६० पटक फोन सम्वाद भएको पत्ता लगाएको छ ।

मुख्यालयले डीएसपी ढुंगेललाई बयान लिनसमेत महाशाखालाई निर्देशन दिएको छ । मुख्यालयको सचिवालयले छुट्टै छानबिन थालेको छ । आईजी खनालले भने, ‘हेडक्वार्टर चुप लागेर बसेको छैन । आन्तरिक छानबिन सुरु भइसक्यो । दोषी देखिए कारवाही गर्छु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.