राष्ट्रपति ल्हासामा, चीनका मिडियामा नेपालको चर्चा
बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारीसहितको टोलीले ल्हासास्थित नेपालको महावाणिज्य दूतावास भ्रमणसँगै गरेको छ। ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वू यिङचेसँले आयोजना गरेको रात्रिभोज नेपाली टोली सामेल भएको थियो।
मङ्गलबार सबेरै राष्ट्रपति सहितको टोली बेइजिङबाट तिब्बततर्फ उडेको थियो। सोमबार भएको राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्राध्यक्षको भेटवार्तालाई चिनियाँ मिडियाले राम्रो कभरेज गरेका छन्।
बैशाख १७ गते चाइना डेलीको प्रमुख पृष्ठमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई थ्येनआनमनमा गार्ड अफ अनर दिँदाको तस्वीरसहित चिनीया राष्ट्राध्यक्ष सीले नेपाल बीआरआईमा सहभागी भएकोमा खुसी व्यक्त गरेको शिर्षकमा समाचार प्रकाशित गरेको छ।
चाइना डेलीले प्रमुख पृष्ठमा सी, स्वीस तथा पोर्चुगिज राष्ट्रपतिसँगै नेपालका राष्ट्रपतिको पनि प्राथमिकताका साथ तस्विर र भेटवार्ताको बारेमा समाचार छापेको छ। यस बाहेक विभिन्न चिनियाँ पत्रपत्रिका तथा अनलाइनमा पनि दुईबीचको भेटवार्ताका विषयमा ठुला समाचार बनेका छन्। साथै धेरै समाचार पोर्टलहरूले द्विपक्षीय वार्ता भएको प्रोटोकल तथा सम्झौता हस्ताक्षरको भिडियोसमेत राखेका छन्।
चीनका मिडियाले नै यो वार्ता ऐतिहासिक भएको चर्चा समेत गरेका छन्। वार्तासहितको सम्झौता हस्ताक्षरलाई करिब २० मिनेटको समय छुट्टयाइएको थियो। भेटवार्तामा चिनियाँ राष्ट्राध्यक्षले नेपालप्रतिको चासो र नेपाल भ्रमणका लागि आवश्यक कूटनीतिक कार्य बढाउन आग्रह गरेका थिए। साथै ऐतिहासिक थ्येनआनमन चोकमा नेपाली राष्ट्रिय गान समेत घन्कएको थियो।