पुल नबनेपछि स्थानीयलाई सास्ती

पुल नबनेपछि स्थानीयलाई सास्ती

विराटनगर : लोहन्द्रा खोलामा भत्काएको पुल पुर्निर्माण नहुँदा स्थानीयले सास्ती खेपेका छन।् बाढीले पुल भत्काएपछि स्थानीयको आवतजावतमा समस्या आएको हो।

 
०७४ साउन २८ गते वर्षासँगै आएको बाढीले सो खोलाको १ सय ७७ मिटर लामो पुल भत्काएको थियो । पुल भत्किएपछि खोला आसपासका बासिन्दालाई सास्ती खेप्नु परेको छ। 
खोलामा पानीको सतह बढेपनि स्थानीयहरु बाँसको पुल प्रयोग गर्न बाध्य भएका छन्। 

पुल नहुँदा कानीपोखरी गाउँपालिका १,२,३,५ र बेलवारी नगरपालिका अधिकाश वडाका बासिन्दाले सास्ती खेप्नु परेको छ। खोलामा लगाएको बाँसको पुल पनि पटक–पटक बग्ने गरेको छ। 
पुल नभएका कारण स्थानीय विद्यार्थीलाई विद्यालय जान समेत समस्या भएको छ।

कविता कुमारी चौधरीले पुल भत्किदा आफुहरुलाई ओहरदोहर गर्न समस्या भएको बताइन्। खोलामा पानी बढेपछि कतै जान नसकिने भएकाले तत्काल पुल निर्माण गर्नु पर्ने उनले माग छ। 

पुल नहुदा आफूहरुले सामान्य विरामीलाई विराटनगर पुर्‍याउन दोब्बर भाडा तिर्ने गरेको स्थानीय रेखा सरदारले  सुनाइन्। पहिले एक घण्टामै विराटनगरको अस्पताल पुग्ने गरेको भएपनि पुल भत्किएका कारण अहिले तीन घण्टा लाग्ने उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.