मन्त्री बस्नेत कतार उडे

मन्त्री बस्नेत कतार उडे

काठमाडौं :  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत कतार उडेका छन्। 

‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुने मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार कतार उडेका हुन्। 

टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री बस्नेतका निजी सचिव उपसचिव गणेशविक्रम शाही सहभागी छन्। 

एसिया को–अपरेशन डाइलग एसियाली मुलुकहरुको विभिन्न विषयमा छलफल गर्ने फोरम हो। कार्यक्रमको बुधबार कतारका राजा अमिर शेख तमिम बीन हमाद अल थानीले दोहामा उद्घाटन गर्ने छन्। 

फोरमलाई मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनका क्रममा मन्त्री बस्नेतले वातावरणीय परिवर्तनका कारण एसियाली मुलुकले भोगिरहेका साझा समस्या र तिनको समाधानबारे नेपालको धारणा राख्नेछन्। 

मन्त्री बस्नेत आगामी १९ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ। 


 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.