बैंग्लोर र राजस्थानको खेल नतिजाविहीन, ५ ओभरको खेलमा ह्यट्रिक विकेट
काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)मा मंगलबार राति भएको रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीचको खेल नतिजाविहीन बन्यो। बैंग्लोरको घरेलु मैदानमा तय भएको खेलमा राजस्थानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो वर्षा भएपछि खेल निर्धारित समयमा सुरु हुन सकेन । लामो समय वर्षा भएपछि राति साढे ११ बजे मात्रै खेल सुरु भयो त्यो पनि ५ ओभरमा छोट्याएर ।
पहिले ब्याटिङ गरेको बैंग्लोरले ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन बनाएको थियो । ६३ रनको लक्ष्य पछ्याएको राजस्थान ले ३.२ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाउँदा पुन वर्षा भएपछि खेल नतिजाविहीन बन्यो । दुवैले १–१ अंक बाँडे । थोरै ओभरको ब्याटिङ गर्न बैंग्लोरका लागि विराट कोहली र एबी डेभिलियर्स मैदानमा उत्रिएका थिए।
आक्रमक ब्याटिङ गरी १.३ ओभरमा ३५ बनाएको थियो दोस्रो ओभरमा चौथो विराट कोहली आउट भएपछि बैंग्लोरले निरन्तर विकेट गुमायो । त्यसपछिका बलमा राजस्थानका श्रेयस गोपालले लगातार विकेट लिए । पाँचौ बलमा एबी डेभिलियर्स र छैटौं बलमा मार्कुस स्टुनिसलाई आउट गराई ह्राटिक विकेट लिए ।
३० बलको खेलमा ९ बलमा कुनै विकेट नगुमाई ३५ रन जोडेको बैंग्लोरले त्यसपछिका २१ बलमा ७ विकेट गुमाएर २७ रन मात्रै जोड्न सक्यो ।
अंक बाँडिएपछि बैंग्लोर प्लेअफबाट बाहिरिएको छ भने राजस्थानको भने सम्भावना बाँकी नै छ । दुवैले अब एक–एक खेल मात्रै खेल्न बाँकी छ । बंग्लोर ९ अंकका साथ तालिकाको पुच्छारमा छ । राजस्थान ११ अंक बनाई पाचौं स्थानमा छ ।