दोहामा अमेरिका–तालिबान छैठौं वार्ता हुँदै

दोहामा अमेरिका–तालिबान छैठौं वार्ता हुँदै

काबुल : खाडी राष्ट्र कतारमा आज अमेरिका–तालिबानबीच छैठौं चरणको शान्तिवार्ता सुरु हुँदैछ। १७ वर्षे अफगान गृहयुद्ध अन्त्य गर्न वार्ता गरिने जानकारी तालिबान लडाकु समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दिएका छन्।

‘वार्ताका लागि अमेरिकी वार्ता टोली आइसकेको छ’, मुजाहिदले भने, ‘अब केही घन्टाभित्रै वार्ता सुरु हुन्छ।’

वार्तामा अमेरिकी टोलीको नेतृत्व अफगानिस्तानका लागि विशेषदूत जाल्मय खलिलजादले गर्नेछन्। वार्ता कतारको राजधानी दोहामा हुँदैछ। अमेरिकी टोलीको जोड युद्धविराम घोषणा गरी द्वन्द्व अन्त्य गर्नतर्फ अर्को कदम चाल्नेमा हुने वार्ता अनुगमन गरिरहेका एक जना पश्चिमा कूटनीतिज्ञले बताए।

तर तालिबानले भने युद्धविराम घोषणा र युद्ध अन्त्यका लागि अफगानिस्तानबाट पहिले अमेरिकी सेना फिर्ता गर्नुपर्ने पहिलो सर्त राख्ने अनुमान छ।

अफगानिस्तानमा जन्मेका अमेरिकी कूटनीतिज्ञ खलिलजादले अमेरिकी वार्ता टोलीको नेतृत्व गरिरहेका छन्। उनको नेतृत्वमा अमेरिकाले कतारमा गत अक्टोबरयता तालिबानसँग ५ चरणको वार्ता गरिसकेको छ।

उनले कहिले र कसरी अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने त्यसको प्रारम्भिक मस्यौदा दुवै पक्षले तयार पारिसकेको बताएका छन्। अमेरिकी सेना फिर्तीको साटो तालिबानले अफगानिस्तानको प्रयोग गरी कुनै पनि देशमाथि आक्रमण नगर्ने बाचा गर्नुपर्नेछ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सैन्य अभियानअन्तर्गत अफगानिस्तानमा अझै पनि करिब १४ हजार अमेरिकी सैनिक छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.