धादिङमा माइक्रोबस, मोटरसाइकल र ट्रक जुध्दा २ जनाको मृत्यु

धादिङमा माइक्रोबस, मोटरसाइकल र ट्रक जुध्दा २ जनाको मृत्यु

बेल्खु (धादिङ) : पुथ्वीराजमागको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं ४ बेल्खु खोलामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

चितवनबाट काठमाडौं जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकलले ना ६ ख ५६ १४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा काठमाडौंबाट चितवन जाँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रोबससँग ठोक्किन पुगेको थियो।

माइक्रो बससँग ठोक्किएर सडकमा पल्टिएको मोटरसाइकलमा सवार यात्रुहरूलाई ओभरटेक गर्दै गरेको ट्रकको पछाडिको पाङग्राले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।

मृत्यु हुनेहरूमा काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं ५ का कवि कुमार महर्जन र राजु महर्जन रहेका छन्।

घटनामा संलग्न माइक्रोबस, ट्रक र चालकहरूलाई नियन्त्रणमा लिइएको र मृतकको शव पोस्टमार्टमको लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका राखिएको गजुरी प्रहरीको संचार शाखाले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.